Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

नेपालको एकमात्र अन्तराष्ट्रिय धावनमार्गको कालोपत्रे भत्किएपछि…

By साझासवाल 2 मिनेट पढाइ

साउन १०, काठमाडौं | त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको धावनमार्ग भत्किँदा पछिल्लो समय हरेक दिन जसो उडान/अवतरणमा समस्या आएको छ ।

साउन लागेयता दर्जनौंपटक धावनमार्ग भत्किँदा जहाज उडान/अवतरणमा प्रत्येक दिन समस्या देखिन थालेको छ । आजको कारोबारले पहिलो पृष्ठमा समाचार छापेको छ ।

५० बर्ष पुरानो धावनमार्गको कालोपत्रे पछिल्ला बर्षहरुमा टालटुलमा जहाज उडान/ अवतरण गराउँदै आइएको छ ।

पछिल्लो सातामात्रै दैनिक पाँच पटकसम्म धावनमार्गको कालोपत्रे उप्कँदा ४५ मिनेटदेखि डेढ घण्टासम्म आकाशमा जहाज होल्ड गर्नुपरेको विमानस्थल कार्यालयले जनाएको छ ।

विगत लामो समयदेखि नयाँ कालोपत्रे गर्ने भने पनि टेन्डर प्रक्रिया नै अगाडि बढ्न नसक्दा प्रत्येक बर्ष समस्या बढ्दै गएको छ ।