2026-09-21 10:01 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डा. गोविन्द केसीको अबको बाटो कता ?

साउन १२, काठमाडौँ | सत्याग्रही डा. गोविन्द केसीको २७ दिन लामो अनशन सुखद परिणामसहित अन्त्य भएको छ । चिकित्सा क्षेत्रको सुधार तथा चिकित्सा शास्त्र अध्ययन संस्थानको स्वायत्तताका लागि लामो समयदेखि संघर्षरत् डा. केसीको यो सफलतालाई उहाँको व्यक्तिगत जित र सरकारको हारको रुपमा भने लिनुहुँदैन । बिहीबार राति डा. केसीले सरकारसँग गरेको सम्झौता नेपाली जनता र सरकार दुवैको जित हो । 

जनताका लागि निःशुल्क शिक्षा र स्वास्थ्य समाजवादको पहिलो प्राथमिकतामा पर्छ । संसारका प्रायः सबै समाजवादी मुलुकमा जनताले सबैभन्दा पहिले पाउने सुविधा भनेकै निःशुल्क शिक्षा र स्वास्थ्य सेवा हो । भर्खरै सम्पन्न चुनावमा घोषणापत्रमै समाजवादलाई प्राथमिकतामा राखेकै कारण पनि नेकपा पार्टीलाई दुई तिहाइ मत दिएर नेपाली जनताले सरकारमा विराजमान गराएकोे कुरालाई यो सरकारले बिर्सनुहुँदैन । 

जनताको भावनासँग गाँसिएका कुनै पनि शान्तिपूर्ण आन्दोलनलाई सरकारसँग भएको दुई तिहाइको दम्भ र घमण्डले मात्र पराजित गर्न नसकिने रहेछ भन्ने कुराको ठूलो उदाहरण बनेको छ डा। गोविन्द केसीको सत्याग्रह । 

डा. केसीले पनि अब के कुरामा हेक्का राख्नु जरुरी छ भने, पटक–पटकको अनशनबाट आफूलाई मात्र सास्ती नभई अनशनका कारण अस्पतालहरुमा सिर्जना भएको अवरोधले विगतमा झैँ धेरै बिरामीले अनाहकमा ज्यान गुमाउनुपर्ने हुन्छ ।

जतिसुकै राम्रो उद्देश्य भए पनि धारावाहिक टेली फिल्मजस्तै पटक–पटकको अनशनले एकातिर उहाँको विश्वसनीयता पनि क्रमशः घट्दै जाने सम्भावना हुन्छ भने अर्कोतिर सरकारले आरोप लगाएजस्तै उहाँ कुनै राजनीतिक पार्टीको गोटी भएको कुरालाई प्रमाणित गर्न सघाउ पुर्याउँछ ।

– आजको नेपाल समाचारपत्रले विशेष सम्पादकीय छापेको छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो