Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

इमरान खानले ११ अगष्टमा प्रधानमन्त्रीको सपथ लिने

By साझासवाल 2 मिनेट पढाइ

साउन १४, काठमाडौं । पाकिस्तान तहरिक ए-इन्साफ पार्टी (पीटीआई)का इमरान खानले अगष्ट ११ मा प्रधानमन्त्रीको सपथ लिने भएका छन् ।

हालै सम्पन्न आम चुनावमा पीटीआई सबैभन्दा ठूलो दल बनेको छ । तर, अझै सरकार गठनका लागि आवश्यक बहुमत पुगेको छैन । दुई दल पुनः चुनावको माग गरिरहेका छन् ।

तहरिक ए-इन्साफले साना दलहरु मिलाएर सरकार बनाउने बताएको छ । रेडियो पाकिस्तानका अनुसार खानले प्रधानमन्त्रीको सपथ अपष्ट ११ मा लिने तय भएको बताएका हुन् ।

‘मैले खैबरपख्तुनख्वा प्रान्तका मुख्यमन्त्री पनि छनोट गरिसकेँ, ४८ घन्टाभित्र घोषणा गर्छु’ उनले भनेका छन् ।