Skip to content
Friday, July 17, 2026 Nepali Online Media

मोटरसाइकलमा ४ लाख र गाडीमा ५० लाखसम्म मूल्यवृद्धि

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १७, काठमाडौं | सरकारले चालू आर्थिक बर्षदेखि लागू हुने गरी सवारीसाधनको अन्तःशुल्क इन्जिन क्षमताअनुसार निर्धारण गरेपछि महँगाा सवारीसाधनको मूल्य उल्लेख्य रुपमा वृद्धि भएको छ ।

दुईपाङ्ग्रे सवारीमा २ हजारदेखि ४ लाख रुपैयाँसम्म वृद्धि भएको छ । भने चारपाङ्ग्रे सवारीमा ५० लाख रुपैयाँसम्म बढेको देखिन्छ । आजको कारोबारमा खबर छ ।

बजेटमार्फत चारपाङ्ग्रे तथा दुईपाङ्ग्रे सवारीमा इन्जिन क्षमताका आधारमा ५ प्रतिशत विन्दुदेखि ४० प्रतिशत विन्दुसम्म अन्तःशुल्क बढाइएको थियो ।

बजेटमार्फत १ हजार सीसी इन्जिन क्षमताभन्दा माथिका कार र १ सय ५० सीसीभन्दा बढी इन्जिन क्षमताका मोटरसाइकलको अन्तःशुल्क वृद्धि गरिएको हो ।

सवारीसाधनको मूल्य बढ्नुमा यो बर्षको बजेटमार्फत गरिएको अन्तःशुलक र सडक मर्मत दस्तुर वृद्धि हुनु भएको नाडा अटोमोबाइल एसोसिएसन अफ नेपालका महासचिव सुनील रिजालको भनाइ छ ।