Skip to content
Friday, July 17, 2026 Nepali Online Media

बैदेशिक रोजगारमा करार बदलिए मुद्दा हाल्न सकिने

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

साउन १७, काठमाडौं | वैदेशिक रोजगार सुधार सुझाव कार्यदलले आपूर्ति प्रक्रियामा कामदारसँग गरेको करारपत्र बदल्ने रोजगारदाता कम्पनीविरुद्ध गन्तव्य देशकै अदालतमा नेपाली दूतावासमार्फत मुद्दा चलाउन सुझाव दिएको छ ।

नेपालमा कामदारसँग गरको करारपत्र बदलेर अर्को दिने परिपाटी अन्त्य गर्न सके मात्रै कामदार ठगिनबाट जोगाउन सकिने कार्यदलको निष्कर्ष छ । ‘जुन ज्याला, काम र सेवासुविधा दिने भनेर सहमति गरी कामदार लैजान्छन्, गन्तव्य देशमा पुगिसकेपछि रोजगारदाताले त्यसलाई फरक गर्न पाउदैन,’ कार्यदलका संयोजक पूर्णचन्द्र भट्टराईले भने, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको नीतिअनुसार यस्तो करारपत्र बदल्ने कार्य मानव तस्करभित्र पर्छ ।’

खाडी तथा मलेसिया गएका कामदार नेपालमा करारपत्र गरेअनुसारको तलब पाउनबाट वञ्चित छन् । होम कार्कीले आजको कान्तिपुर दैनिकमा समाचार लेखेका छन्