२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

३ किलो सुनको अभावले मनकामना पुनर्निर्माण रोकियो, १५ किलोले पुगेन

२०७५, १८ श्रावण शुक्रबार ०२:०१

साउन १८, गोरखा | छानामा सुनको जलप लगाउन तीन किलो सुन अपुग भएपछि मनकामना मन्दिर पुनर्निर्माणको काम रोकिएको छ । गजुर र छानामा जलप लगाउन मात्र हालसम्म १५ किलो सुन खर्च भइसकेको जीर्णोद्वार समितिका संयोजक नरन्द्रबाबु श्रेष्ठले बताए । 

‘छानामा मात्र साढे १६ किलो सुन लाग्ने अनुमान थियो,’ उनले भने, ‘१५ किलो खरिद गरका थियौ“। त्यो पनि सकियो।’ उनका अनुसार पुरातत्व विभागबाट निकासा भएको चार करोड रुपैयाले सात किलो र काठ तथा मन्दिरको आन्तरिक स्रोतबाट आठ किलो सुन खरिद गरिएको थियो । सुन नपुगेपछि डेढ सातादेखि काम रोकिएको श्रेष्ठले बताए । ‘काम गर्ने मान्छेले पनि रेस्ट भने । सुन पनि पुगेन,’ उनले भने, ‘अब सुन ल्याएर एक साताभित्रै काम सुरु गरिहाल्छौं ।

अब सुन भए मन्दिरको मात्र काम गर्न १५/२० दिन लाग्ने उनको भनाई छ । अब मूलढोका, कंकालको मूर्ति, तोरण, भित्रपट्टिको सिलिङ र छानाछेउको मुकुटमा पनि सुनको जलप लगाउने तयारी छ । बाँकी सुन किन्न डेढ करोड रुपैया लाग्ने अनुमान छ । आन्तरिक स्रोतबाटै लगानी गर्ने समितिले जनाएको छ । छानामा तामाको पाता बिछ्याएर सुनको जलप लगाइएको हो । ‘गजुर मर्मतमा पाँच लाखको अनुमान गरिएकोमा २३ लाख लाग्यो ।’ 


मन्दिर जीर्णोद्वारको लागि भक्तजनबाटै हालसम्म आठ करोड रुपैया संकलन भएको छ भने काम सुरु भएयता करिब १० करोड खर्च भइसकेको छ । 

- यो समाचार आजको कान्तिपुर दैनिकबाट लिईएको हो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट