Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

४२ हजार युवालाई स्वरोजगार तालिम दिईदै

By साझासवाल

साउन २४, काठमाडौं | सरकारले सात प्रदेशका ४२ हजार युवालाई छोटो अवधीको शिप विकास तालिम दिने भएको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको सहयोगमा व्यावसायीक शिक्षा तथा तालिम परिषद (सिटिइभीटी)ले उक्त तालिम संचालन गर्न लागेको हो ।

छोटो अवधीको तालिममा सातै प्रदेशमा ६–६ हजार युवालाई सहभागी गराइने भएको छ तालिम संचालन गर्न मन्त्रालयले सिटिइभीटीलाई ७५ करोड रुपिया उपलब्ध गराएको छ ।

तालिम असोज महिनाबाट संचालन हुने भएको छ । तालिम ३ महिनासम्म संचालन हुने सिटिइभीटीका योजना महाशाखा प्रमुख एवं निर्देशक रमेश वखतीले जानकारी दिए ।

विषेश गरी स्थानीय तहमा वेरोजगार युवालाई स्वरोजगार हुने अवसर दिन र रोजगारीको लागि विदेश जाने युवालाई केही सहज बनाउन तालिम संचालन गर्न लागिएको हो । – आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा यो समाचार छापेको छ ।