ठानिन्छ- डाक्टरहरू पढाइमा तगडा हुन्छन्, तर ७६ प्रतिशत फेल !

साझासवाल
1 Min Read

साउन २८, काठमाडौँ | ठानिन्छ- डाक्टरहरू पढाइमा तगडा हुन्छन्। तर, लाखौं तिरेर पढेका तिनै डाक्टरमध्ये ‘लाइसेन्स’ परीक्षामा ७६ प्रतिशत फेल भएका छन्।

तिनले चिकित्सासम्बन्धी काम गर्न पाउने छैनन्। डा. गोविन्द केसी चिकित्सा शिक्षाको गुणस्तरलाई लिएर पटक-पटक आमरण अनशन बस्छन्।

एमबीबीएस पास गरेका विद्यार्थीको हालतले त्यसलाई चरितार्थ गरेको छ।

नेपाल मेडिकल काउन्सिलले शनिबार लिएको चिकित्सक दर्ता प्रमाणपत्र (लाइसेन्स) परीक्षामा २४ प्रतिशत मात्र पास भएका हुन्।

काउन्सिलको परीक्षामा सात सय ७६ जना एमबीबीएस अध्ययन सकेका विद्यार्थी सहभागी थिए। नौ जना परीक्षार्थी फाराम भरेपनि परीक्षामा अनुपस्थित थिए।

कुल परिक्षार्थीमध्ये १ सय ८९ जनामात्र उत्तीर्ण भएको काउन्सिल सदस्य एवं प्रवक्ता डा. कृष्ण अधिकारीले जानकारी दिए। असफल हुने परीक्षार्थी स्वदेश र विदेशमध्ये कुन ठाउँ र कलेजमा अध्ययन गरेका हुन् भन्ने छुट्याई नसकिएको अधिकारीले बताए।

वर्षमा तीन पटक लिइने परीक्षामा यसपटक सबैभन्दा धेरै असफल भएको काउन्सिलले जनाएको छ। गत वर्ष मंसिरमा लिएको परीक्षामा ३९ प्रतिशत परिक्षार्थी असफल भएका थिए।

- यो खबर आजको अन्नपुर्णपोष्टमा छ ।

Share This Article
Leave a Comment

Leave a Reply