2026-09-21 09:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फोटो बिगार्ने र ब्लफ कल गर्नेलाई दुई वर्ष कैद, अनुमतिबिना घरमा छिरे तीन वर्ष जेल

साउन ३०, काठमाडौं | सामाजिक सञ्जालमा विभिन्न नेता तथा चर्चित व्यक्तिको फोटो बिगारेर सार्वजनिक गर्नेलाई दुई वर्षसम्म कैद वा २० हजारसम्म जरिमाना वा दुवै सजाय हुने भएको छ । मुलुकी ऐनलाई विस्थापित गरेर १ भदौदेखि लागू हुने अपराध संहिताले यस्तो व्यवस्था गरेको छ । आजको राजधानी दैनिकमा समाचार छ ।

मुलुकी अपराध संहिताको दफा २९५ को उपदफा ३ अनुसार कुनै पनि व्यक्तिको फोटोमा अर्को व्यक्ति वा अन्य वस्तुसँग जोड्ने र प्रकाशन गर्नेलाई सजाय हुने व्यवस्था गरेको छ । ‘कसैले एकको तस्बिरको केही भाग अर्को व्यक्तिको अर्को भागसँग राखी वा अन्य कुनै किसिमले विकृत रूपको तस्बिर बनाउनु वा प्रकाशन गर्नुहुँदैन,’ संहितामा उल्लेख छ ।

फोटो खिचेर अरूलाई दुःख दिने उद्देश्यले फोटोको दुरुपयोग गरेमा तीन वर्षसम्म कैद वा ३० हजार जरिमाना वा दुवै सजाय हुने व्यवस्था संहिताले गरेको छ । ‘कसैले कुनै व्यक्तिको तस्बिर निजको अनुमतिबिना अरूलाई दिन वा बिक्री गर्न वा निजलाई झुक्याउने वा सताउने, हैरान पार्ने वा निजबाट अनुचित फाइदा लिने वा तस्बिरको व्यापारिक प्रयोग गरी फाइदा लिने नियतले प्रकाशन गर्नु, प्रचार वा खरिदबिक्री गर्नुहुँदैन,’ संहितामा भनिएको छ ।

‘ब्लफ कल’ गर्नेलाई दुई वर्ष कैद

संहितामा बिनाकाम र दुःख दिने उद्देश्यले छलकपटपूर्ण टेलिफोन ९ब्लफ कल० गर्नेलाई दुई वर्ष कैद वा २० हजार जरिमाना वा दुवै सजाय हुने व्यवस्था छ ।

अपराधसंहिताको धारा २९९ मा भनिएको छ ‘कसैले आफ्नो परिचय दिई वा नदिई कसैलाई छल्ने, धोका दिने, हैरानी पार्ने वा सताउने उद्देश्यले छलकपटपूर्ण टेलिफोन वा सन्देश प्रवाह गर्न÷गराउन हुँदैन ।’ यस्तै, टेलिफोन वा फेसबुकबाट धम्की दिनेलाई एक वर्ष कैद वा १० हजार जरिमानाको व्यवस्था गरिएको छ । कसैलाई डर, त्रास, हैरानी दिने, अपमान गर्ने, बेइज्जत गर्ने उद्देश्यले चिठीपत्र, पर्चा वा कुनै लिखत लेखाउने र विद्युतीय माध्यमबाट धम्की दिने, सताउने जिस्क्याउने वा अनुचित व्यवहार गर्नेलाई यस्तो सजायको व्यवस्था गरिएको छ ।

बिनाअनुमति घरमा छिरे तीन वर्ष कैद

अनुमति नलिई अरूको घरमा छिर्नेलाई तीन वर्षसम्म कैद वा ३० हजार जरिमानाको व्यवस्था गरिएको छ । अधिकारप्राप्त अधिकारी र उसको अनुमति पाएको व्यक्तिबाहेक अरू मान्छे घरधनीको स्वीकृति नलिई कसैको घरभित्र प्रवेश गर्न वा खानतलासी गर्न पाउनेछैनन् । घर भन्नाले कोठा, होटल, शिविर र पाललाई समेत जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो