2026-09-21 09:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छोरीको शव भेट्नुअघि निर्मलाकी आमा पटक-पटक यही घरमा गईरहिन्

भदौ १२, काठमाडौँ | रोशनीको प्रायः सधै जसो निर्मलाको घरमा आउने भइरहन्थ्यो, तर निर्मला कमै मात्रै रोशनीको घर जान्थीन त्यहीपनि साथीहरुको साथमा । साउन ९ गते निर्मलालाई बोलाउन रोशनी उनको घरमै पुगेकी थिईन् । घर पुगेकी उनले निर्मलालाई चटपटेको २० रुपैयाँ दिन बाँकी थियो । ‘ भोली मेरै घरमा आउनु चटपटेको पैसा पनि दिनुछ, संगै बसेर होमवर्क गरौंला’ साउन ९ गते रोशनीले आफ्नी छोरीलाई भनेको कुरा सम्झिदै दुर्गादेवी पन्तले भनिन्,‘ उसले अघिल्लो दिनमै आएर बोलाएकाले साउन १० गते छोरी उसको घरमा बिहान ११ बजे गएकी थिई।’ रोशनीको घरमा उनकी दिदी बविता उर्फ अनिता बम र उनी बस्ने गर्थिन् ।

हत्या भएकी निर्मलाकी आमा दुर्गादेवी पन्त

होमवर्क गर्न गएकी निर्मला दिउँसो २ बजे नै त्यहाँबाट फर्किसकेको बताईएपनि उनी भने घर पुगिनन् । ‘ म त्यही दिन सामान लिन बनवासा गएकी थिए’ दुर्गादेवीले भनिन्,‘ घर पुगेर निर्मला कहाँ छे भनेर खोजे, अरु छोरीले साथी रोशनीकोमा गएको छ भने।’ साँझ पर्न लाग्दा समेत छोरी घर नपुगेपछि खोज्दै रोशनीको घर पुगे उनले भनिन् । तर त्यहाँ पुग्दा रोशनीले दिउँसै घर गइसकेको बताएपनि उसको दिदीले आक्रोश शब्दमा आफूप्रति खनिइन् । छोरी होमवर्क गर्न गएको घरबाट हराएपछि आमा दुर्गादेवीको शंका बढ्दै गएको थियो । ‘मैले पटक–पटक रोशनी कै घरमा गएर छोरी खोज्ने प्रयास गरे’ उनले भनिन्,‘तर रोशनीको दिदी अनिताले घरको गेटभित्र समेत पस्न नदिएर उल्टै नराम्रो व्यवहार देखायो।’’

बम दिदिबहिनी बस्ने घर, जहाँ हत्या भएकी निर्मला होमवर्क गर्न गएकी थिइन्

स्थानीय प्रहरी प्रशासनले समेत छोरी खोज्नलाई सहयोग नगरिदिदा पीडित बनेकी दुर्गादेवी पन्तलाई साउन १० गते रातभरी निन्द्रा परेन् । अर्कोदिन भोलीपल्ट पनि खोजी शुरु भयो । ‘ त्यसदिन समेत म बिहान फेरी मनले मानेन र सोध्न गए’उनले भनिन्,‘त्यसदिन समेत उनले घरभित्र गएर हेर्न दिइनन्, नजिकैको खोलामा खोजी गर्नेले साईकल भेटियो भन्दा उल्टै साईकल भेटियो त लाश पनि त्यतै भेटिएला नी भन्ने जवाफ फर्काइन ।’ साउन ११ गते निम्बुखेडा खोला नजिकैको उखुबारीमा निर्मलाको शव हत्या गरिएको अवस्थामा फेला पर्‍र्यो ।

– यो खबर आजको अन्नपुर्ण पोष्टमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो