२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

न्वारानकै दिन छोरीको हत्या, यस्तो छ हत्यारा आमाको बयान

२०७५, १३ भाद्र बुधबार ०३:२०

भदौ १३, गोरखा | गोरखाको सिरानचोक २, थालाजुङको खमारमा ५ दिनदेखि हराएको भनिएकी ११ दिने शिशुको न्वारानकै दिन हत्या भएको खुलेको छ । सोधपुछका लागि आमा १७ वर्षीया रश्मी गुरुङलाई प्रहरीले नियन्त्रणमा लिएपछि शिशुको शव घरभन्दा ३ सय मिटर पर बारीमा मंगलबार भेटिएको छ । 

साउन २८ मा जन्मिएकी ११ दिने छोरी हराएको भन्दै आफन्त र गाउँले समेत चिन्तित थिए । मध्यरातमा फोनबाट उजुरी आएपछि प्रहरीले अनुसन्धान थालेको थियो । ‘रश्मीलाई पक्राउ गरी अनुसन्धान गर्दा उनले हत्या गरको स्विकारेकी थिइन्, ।  प्रहरीका अनुसार मंगलबारको बयान अनुसार प्रहरीले घर नजिकैको बारीमा बोराले बेरको अवस्थामा खाल्डोभित्र शव भेटेको थियो । 

रश्मी र गाउँकै १९ वर्षीय सबल भण्डारीले वर्षदिनअघि विवाह गरका थिए । छोरीले अन्तर्जातीय विवाह गरेकोमा रश्मीका माइती पक्ष असन्तुष्ट थिए । छोरीलाई छुटाउन प्रयास भइरहेको अवस्थामा घटना भएको बुझिएको भन्दै प्रहरीले अनुसन्धानका लागि रश्मीकी आमा सरिता गुरुङलाई पनि नियन्त्रणमा लिएको छ । पारिवारिक स्रोतका अनुसार घटना भएको रात करिब १२ बजे रश्मीले स्तनपान गराउन भन्दै बच्चा लिएर घरको भित्र–बाहिर गरेकी थिइन् ।

बयान अनुसार रातमा उनले घर नजिकैको बासको झ्याङमा बच्चा छाड्दा पानी दर्किरहेको थियो, बास झ्याङमा छोरी छाडेर पिढीमा आएर बसेकी रश्मीले बच्चा रोइरहेको सुनेपछि छाडेको ठाउँमा फेरि पुगेकि थिइन् । त्यतिबेलासम्म बच्चाको कानमा पानी जमिसकेको थियो । मुटुको धड्कन भने चलिरहेको थियो, अनि खाल्डो खनेर बच्चा राखेर माटोले पुरिदिएकि थिइन् । खाल्डो खनेर नवजात छोरीलाई पुरेपछि पिढीमा आएर बसेकी रश्मी पुनः पुरको ठाउमा पुगिन् । अन्तिम पटक जाँदा छोरीको अनुहारको भागमा माटो फालेर फर्किएकि थिइन् । 

उनलेप्रहरीलाई दिएकोबयानमा भनेकी छन्, ‘सास फेर्छ कि भनेर मुखको माटो फालिदिएको हुँ ।’ घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट