पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १८, काठमाडौँ | प्रहरीको नियन्त्रणमै रहेका बेला मृत्यु भएका सिके राउत समर्थक नेता राममनोहर यादवका आफन्तले उनको हत्या भएको आशंका गरेका छन् ।

स्वस्थ अवस्थामा पक्राउ परेका यादवको मृत्यु रहस्यमय भएको भन्दै उनका आफन्तले हत्याको आशंका गरेका हुन् ।

उपप्रधान एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई कालो झन्डा देखाएको आरोपमा पक्राउ परेका बाँकेको जानकी गाउँपालिका ६ का यादव ३० बर्षीय यादवको गत शुक्रबार राति हिरासतमै मृत्यु भएको थियो ।

- आजको नागरिक दैनिकमा यो खबर छ ।