पढ्न करिब 1 मिनेट लाग्छ

भदौ १८, काठमाडौँ | सरकारले झन्डै एक बर्ष लगाएर संघीय निजामति सेवासम्बन्धी विधेयक बनायो ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले लामो गृहकार्यपछि बनाएको विधेयक स्वीकृतिका लागि मन्त्रिपरिषदमा पठायो पनि ।

मन्त्रिपरिषदमा पठाउँदा एउटा प्रावधान भने चलाखीपुर्ण रुपमा हटाइयो, त्यो हो बहुविवाहसम्बन्धी प्रावधान ।

मन्त्रिपरिषदमा पठाउनु अघिसम्म प्रस्तावित विधेयककमो सेवाबाट हटाउने वा बर्खास्त गर्ने व्यवस्था, समेटिएको दफामा यस्तो व्यवस्था थियो, बहुविवाह गर्ने कर्मचारीलाई भविष्यमा सरकारी सेवाको निमित्त आयोग्य नठहरिने गरी सेवाबाट बर्खास्त गरिनेछ ।

तर मन्त्रिपरिषदमा पठाइएको विधेयकमा बहुबिबाहसम्बन्धी प्रावधान एकाएक हटाइएको छ ।

बहुविवाह गर्ने कर्मचारी बर्खास्त हुने प्रावधान हटाएर संघीय नेपालका कर्मचारीलाई खुलेआमा बहुविवाहको स्वीकृति दिन खोजिएको हो ?

- यो खबर आजको अन्नपुर्णपोष्टमा छापिएको छ ।