2026-09-21 08:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकी डलर हालसम्मकै उच्च: अझै बढ्छ डलरको भाउ !

भदौ १९, काठमाडौँ | अमेरिकी डलरसँगको तुलनामा नेपाली रुपैयाँ कमजोर हुने क्रम अझै थामिएको छैन। पछिल्ला केही दिनयता लगातार डलर बलियो बन्दै गइरहेको छ भने नेपाली रुपैयाँ कमजोर। यही क्रममा मंगलबार एक अमेरिकी डलरको सवनिमयदर ११४ रुपैयाँभन्दा माथि पुगेको छ ।

यसको अर्थ सर्वसाधारणले एक अमेरिकी डलर खरिद गर्न ११४ रुपैयाँ २४ पैसा खर्चिनुपर्छ। यो हालसम्मकै उच्च हो।

मंगलबारका लागि राष्ट्रबैंकले एक अमेरिकी डलरको खरिद दर११३ रुपैयाँ ६४ पैसा तोकेको छ।

यो सर्वसाधारणबाट बैंक  वा मनी एक्सचेन्जरहरूले खरिद गर्ने दर हो। सोमबार यस्तो विनिमय दर ११३ रुपैयाँ २९ पैसा थियो। नेरुको तुलनामा डलर निरन्तर बलियो बन्न थालेपछि त्यसबाट पर्नसक्ने असरबारे राष्ट्रबैंकले अध्ययन गर्ने भएको छ।

पछिल्ला महिनाहरूमा अमेरिकी अर्थतन्त्र देखिएको तीव्र आर्थिक सुधारले विश्व बजार डलर बलियो बन्दै गएको जनाउँदै राष्ट्र बैंक विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले विश्व बजारको परिदृश्य विश्लेषण गर्दा आउँदा केही दिन अझै अमेरिकी डलरबन्दै जाने अनुमान गरे ।

– यो समाचार आजको कान्तिपुर दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो