नेपाली पासपोर्टमा तिब्बती राष्ट्रियता ! कर्मचारीको हेलचेत्र्याइँ कि आवेदककै ?

साझासवाल

भदौ १९, काठमाडौँ | परराष्ट्र मन्त्रालयबाट जारी राहदानीमा ठेगाना र राष्ट्रियता नै फरक परेपछि गजुरी १ की मुक्तिकला लामिछाने तनावममा परेकी छन् ।

राहदानीमा उनको ठेगाना गजुरी बजार १, डोटी उल्लेख छ, भने राष्ट्रियतामा तिब्बतीयन छ ।

राहदानीको मुख्य पृष्ठमा उनको नाम मुक्तिकला लामिछाने लेखिएको छ ।

अर्को पानामा नम मोत्तिकला उल्लेख छ । स्नातकोत्तर गरेकी लामिछानेले आफुले बुझाएको राहदानी आवेदन फारममा त्यस्तो कुने गल्ती नभएको बताइन् ।

मैले पटकपटक पढेर फाराममा सही गरेकी थिएँ, उनले भनिन्, लेखपढ गर्न नसक्ने ब्यक्ति भए त झुक्किएँ होला भन्न सकिन्थ्यो तर मैले कुनै गल्ती गरेकी छैन ।

जिल्ला प्रशासन कार्यालयले स्वीकृत गरेको आवेदन फाराम विभाग पुगेपछि त्यहाँका कर्मचारीको हेलचेत्र्याइँले विग्रिएको लामिछानेको भनाइ छ ।

- आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Leave a Comment

Leave a Reply