Skip to content
Friday, July 17, 2026 Nepali Online Media

आज बिहानैदेखि देशभर नेपाल टेलिकमको मोबाइलमा समस्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>भदौ १९, काठमाडौं । </b>नेपाल टेलिकमको मोबाइलमा समस्या आएको छ । टेलिकमको जीएसएम प्रि-पेड र पोस्टपेड दुवै मोबाइलमा मंगलबार बिहानैदेखि समस्या देखिएको हो ।<br></p><p>मोबाइलमा सम्पर्क नहुने समस्या आएपछि देशभरका लाखौं सेवाग्राही मर्कामा परेका छन् । मोबाइलको नेटवर्कमा खराबी आएपछि बिहानैदेखि नेपाल टेलिकमका देशभरका मोबाइल फोन अवरुद्ध छन् । बिहान ६ बजेबाट मोबाइल सेवा ठप्प भए पनि त्यसको २ घन्टापछि केही सहज भएको छ ।</p><p>नेपाल टेलिकमले मंगलबार बिहान ६ बजेदेखि जीएसएम प्रि-पेड र पोस्टपेड मोबाइलमा फोन नलाग्ने समस्या भएको जनाएको छ । टेलिकमका अनुसार, केही हदसम्म समस्या समाधान भएको छ । पूर्ण रूपमा सहज हुन भने अझै केही समय लाग्ने टेलिकमले जनाएको छ छ ।</p>