Skip to content
Friday, July 17, 2026 Nepali Online Media

दुबईमा श्रम मन्त्रालयका उपसचिवलाई नेपाली महिलाहरुले घेरे

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २०, काठमाडौँ | गैरआवसीय नेपाली सघ एनआरएनए को कार्यक्रममा दुबई आएका श्रम मन्त्रालयका उपसचिव विपीन आचार्यलाई नेपाली महिलाले घेरे । र, सोधे, लौ भन्नुहोस्, हामीलाई कुन कानुन् प्रयोग गरेर घर फर्किनबाट रोक्नुभयो । आचार्य अलमल्ल परे ।

उनीहरुले प्रश्न बर्साइरहे, के हामीलाई सरकारले देशमै ५०—६० हजारको जागित दिन सक्छ ? सक्दैन भने किन हाम्रो मुख थुन्छ ?

किन बाटो छेक्न ?  किन खुसी लुट्छ ?

उनीहरु रहेछन् दुवईमा कार्यरत नेपाली घरेलु कामदार ।

सरकारले डेढ बर्षदेखि महिलाला घरेलु कामदारको श्रम स्वीकृत रोकेको छ ।

पहिल्यैदेखि आएर काम गरिरहेकालाई पनि पुनः श्रम स्वीकृति दिँदैन ।

उक्त नियमका कारण खाडीमा कार्यरत ५० हजारभन्दा बढी महिला बिदामा घर फर्कन पाएका छैनन् ।

जानेलाई फर्किएर आउन रोकिन्छ ।

- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।