2026-09-20 07:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मीठो तरिकाले कारवाही, ट्राफिक नियम पालना नगर्नेलाई खाजा र चकलेट !

भदौ २०, काठमाडौँ | गाडी सानो होस् वा ठूलो चालकले सवारी चालक अनुमतिपत्र (लाइसेन्स), गाडीधनी पुर्जालगायत कागजपत्र साथमा राख्नुपर्ने नियम छ । गाडीको अवस्था चुस्त हुनुपर्छ । ट्राफिक नियम पालना गरी चलाउनुपर्छ । नियम पालना नगरे कारबाही भोग्नुपर्छ ।

अचेल छड्के जाँच गर्न जुनसुकै समय र ठाउँमा प्रहरी बस्छ । त्यसरी बस्ने टोलीले भेटे कारबाही स्वरूप जरिवाना तिर्नुपर्छ ।

पूर्व-पश्चिम राजमार्ग अन्तर्गत रत्ननगरमा मंगलबार दिउँसो ट्राफिक नियम पालना भए/नभएको चेक गर्न प्रहरीले छड्के जाँच थाल्यो । ट्राफिक नियम पालना नगर्ने चालकहरू एकपछि अर्को भेटिए । तर, योपटक प्रहरीले कारबाहीका लागि जरिवाना तिर्न भन्दै रसिद काटेन । नियम मिच्नेहरूले चकलेट पाए । अनि ट्राफिक प्रहरी प्रमुख, प्रहरी निरीक्षक वेदप्रसाद गौतमको हातबाट गुलियो खाजाको पोका पनि साथै पाए । 

स्कुटरको नम्बर प्लेट खुइलिएर नबुझिने भएपछि प्रहरीले चालकलाई जरिवानको साटो गुलियो खाजाको पोका दिँदै । तस्बिर : रमेशकुमार पौडेल कान्तिपुरबाट

‘थाहा पाएर पनि नियम पालना नगर्ने भनेको लापरबाही हो । जरिवाना नै काट्नुपर्ने हो । तर तपाईंहरूलाई लज्जाबोध होस भनेर चकलेट बाँडेका हौं,’ ट्राफिक प्रमुख गौतम चालकहरूलाई सम्झाउँदै थिए । गल्ती पनि गर्ने गुलियो खाजा पनि पाउने, यस्तो किन ? इलाका प्रहरी कार्यालय रत्ननगरका प्रमुख दयानिधि ज्ञवाली भने, ‘कहिले-काहीं मीठो तरिकाले पनि नियम सम्झाउँ भनेर हो नि । अरू बेला कारबाही नै हुन्छ ।’, 

– यो खबर आजको कान्तिपुर दैनिकका पहिलो पृष्ठमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो