२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फेसबुकको फन्दामा १५ दिनदेखि थुनामै

२०७५, २० भाद्र बुधबार ०२:३०

भदौ २०, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीको बिगारिएको फोटो फेसबुकमा सेयर गरको आरोपमा पक्राउ परका काभ्रे रोशी गाउपालिका–५ का वडा सचिव होमनाथ सिग्देल १५ दिनदेखि थुनामै छन् । 

उनीमाथि प्रहरीले विद्युतीय कारोबार ऐन अनुसार मुद्दा चलाएको छ । सूचनाको हक र अभिव्यक्ति स्वतन्त्रताको पक्षमा काम गर्दै आइरहेको संस्था फ्रिडम फोरमका प्रमुख तारानाथ दाहालले साइबर ह्याकिङ र बैंकिक कसुरलाई नियन्त्रण गर्न विद्युतीय कारोबार ऐन ल्याइएको भए पनि पछिल्लो समय यो ऐनको प्रयोग अनलाइनमार्फत हुने अभिव्यक्ति स्वतन्त्रतालाई नियन्त्रण गर्ने काममा प्रयोग भइरहेको बताए । – यो समाचार कान्तिपुर दैनिकमा छ । 

साउन १८ गते एकजना फेसबुक प्रयोगकर्ताले आफ्नो वालमा बाँदरको शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीको तस्बिर राखेको चित्र पोस्ट गरेका थिए । सेयर गरिएको फोटोसँगै क्याप्सन लेखिएको थियोः ‘पहाडमा रेल, मधेसमा मार्सी चामलको खेती, ट्याक्टरले खेत जोत्ने, हेलिकप्टरले विउ छर्न, पानीजहाजले पानी ओसार्न र तीन करोड नेपालीलाई ३६५ दिनै दशैंझैँ सुखै–सुखले पाल्ने मेरो प्रतिवद्धता भयो ।’ 

फोटो सेयर गर्दा साइबर क्राइम लाग्ला र प्रहरीको फन्दामा परिएला भन्ने सरकारी कर्मचारीसमेत रहेका सिग्दलले सोच्दै सोचेका थिएनन् ।

सिग्देलले नकारात्मक दृष्टिकोणले समाजमा भ्रम फैलिने गरी कार्टुन सेयर गरेको भन्दै उनलाई पक्राउ गरिएको थियो ।  उनलाई विद्युतीय कारोबार ऐन २०६३ को दफा ४७ बमोजिम विद्युतीय स्वरुपमा गैरकानुनी कुरा प्रकाशन गर्ने कार्यमा संलग्न भएको अभियोगमा कारबाही गरिएको प्रहरीले जनाएको छ । यो व्यवस्था अनुसार एक लाख जरिवाना र पाँच वर्षसम्म कैद वा दुबै सजाय हुन्छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव अधिकार उल्लंघन गर्नेलाई ६ महिना निलम्बन गर्न आयोगको सिफारिस जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट पेस हुने रवि लामिछानेमाथि फौजदारी अभियोगमा अनुसन्धान गर्न माग ओली, लेखक र गुरुङलाई ५ वर्ष चुनाव लड्न नदिन र ३ वर्ष विदेश जान नदिन सिफारिस आगामी आर्थिक वर्षमा करिब १ खर्बको काठ बेच्ने लक्ष्य छ: मन्त्री चौधरी संसद्ले नै बनाएको सरकारले संसद्लाई नै उपेक्षा गर्‍यो भने संसद्को अवस्था के हुन्छ ?: सांसद पन्त त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट