2026-09-20 05:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

निर्मला हत्या प्रकरणः शुन्यदेखि सुरु भएको अनुसन्धान पनि शंकामा !

भदौ २१, काठमाडौँ | एक महिनापछि नयाँ प्रहरी टोली आएर शून्यबाट अनुसन्धान सुरु गरिएको भनिएपछि निर्मलाका बुवा यज्ञराज पन्त छोरीको हत्यारा पत्ता लाग्नेमा विश्वस्त भएका थिए।

नयाँ प्रहरी टोलीले अनुसन्धान र उच्चस्तरीय छानबिन समितिले छानबिन गरेको १२ दिन भइसक्दासमेत कुनै तथ्य बाहिर नआएपछि भने उनी निराश बनेका छन् ।

बम दिदीबहिनीले निर्मलाको हत्यामा संलग्नता नभएको र हत्या कसले गरेको भन्नेबारे कुनै जानकारी नभएको बयान दिनु, प्रहरीले कुनै तथ्य पत्ता लगाउन नसकेको र दिलीप बिष्टको अनुसन्धानमा बढी महत्व दिइनुजस्ता कुराले फेरि न्याय पाउने कुरामा शंका लागेको उनी बताउँछन् ।

‘नयाँ प्रहरी टोलीले अनुसन्धान सुरु गरेपछि मलाई दोषी पत्ता लाग्नेमा आशा र विश्वास जागेको थियो,’ उनी भन्छन्, ‘प्रहरी टोलीको पछिल्लो व्यवहारले मैले न्याय पाउँदिन कि भनेर शंका उब्जिएको छ।’ नयाँ टोली आएर अनुसन्धान गर्न थालेको दुईसाता भइसक्दा पनि दोषीबारे कुनै तथ्य फेला पारेको आफूलाई जानकारी नदिइएको उनी बताउँछन् ।

‘निर्दोष मान्छेलाई यातना दिएर मैले हत्या गरेको हुँ भन भनेर दबाब दिने, शंकास्पद बम दिदी बहिनीलाई प्रहरीले राम्रोसँग केरकार नै नगुर्नको कारण के हो ?,’उनी भन्छन्, ‘रोशनी बमले प्रहरीमा झुठो बयान दिएकी छन्।’ खोज्न जाँदा रोशनी बमले ४/५ दिनका लागि भाँसीको घर जान्छु भनेर निर्मला गएकी हो भनेको कुरा जेठी छोरी मनिषाले सुनेको र प्रहरीमा उसले भाँसीको घर गएको पनि हुनसक्छ भनेको हुँ भनेर झुठो बयान दिएको उनको भनाइ छ ।

– यो खबर आजको नागरिक दैनिकमा छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो