Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डलर भाउ बढ्नाले यसपटकको दशैं महँगो हुँदै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २२, काठमाडौँ | अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ हालसम्मकै कमजोर हुँदा नजिकिँदै गरेको दसैँ महँगो हुने भएको छ ।

आयातमा निर्भर अर्थतन्त्र भएकाले डलर बलियो हुँदा दैनिक उपभोग्य सामाग्रीको मुल्य बढ्ने भएपछि नेपालीहरुको सबैभन्दा ठुलो चाड दसैँ नै महँगो हुने भएको हो ।

नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि तोकेको विदेशी विनिमय दरअनुसार एक अमेरिकी डलरको खरिद दर ११४.५१ रुपैयाँ र विक्रि दर ११५.११ रुपैयाँ निर्धारण गरेको छ ।

२०७० भदौदेखि एक डलरका लागि १ सय रुपैयाँभन्दा धेरै खर्च गर्नुपर्ने भएको हो ।

डलर बलियो हुने क्रम निरन्तर कायम रहेपछि २०७५ मा एक अमेरिकी डलर खरिदका लागि ११५ रुपैयाँभन्दा धेरै खर्च गर्नु पर्ने भएको खबर आजको कारोवार दैनिकले छापेको छ ।