प्रमुख चार राजनीतिक दललाई एक करोड ५० हजार जरिवाना, राजपालाई सबैभन्दा बढी – Sajha Sabal | sajhasabal.com

प्रमुख चार राजनीतिक दललाई एक करोड ५० हजार जरिवाना, राजपालाई सबैभन्दा बढी

भदौ २२, काठमाडौँ | प्रमुख चार राजनीतिक दलले कानुन उल्लंघन गरेवापत राज्यलाई एक करोड ५० हजार जरिवाना तिर्नुपर्ने देखिएको छ ।

राष्ट्रिय राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टी(नेकपा), नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी(राजपा) नेपाल र संघीय समाजवादी फोरम नेपालले कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो । पार्टीका पदाधिकारी र केन्द्रीय समितिमा रहेका सदस्यले निर्वाचन भएको दुई महिनाभित्र आफ्नो चलअचल सम्पत्ति पार्टी मुख्यालयमा बुझाउनुपर्ने निर्वाचन आयोगको कानुन उल्लंघन गरेवापत जरिवाना तिर्नुपर्ने भएको हो ।

चारै दलका कुनै पनि पदाधिकारी र केन्द्रीय सदस्यले पार्टी मुख्यालयमा सम्पत्ति विवरण बुझाएका छैनन्। यसरी सबैभन्दा धेरै जरिवाना राजपाले तिर्नुपर्ने देखिएको छ भने सबैभन्दा कम कांग्रेसको भागमा परेको छ ।

कसलाई कति ?

१. राजपा – ८१ लाख ५० हजार

२. नेकपा – ४४ लाख १० हजार

३. फोरम – २४ लाख ५० हजार

४. कांग्रेस – ८ लाख ५० हजार

- यो खबर आजको राजधानी दैनिकमा छ ।

Comments

Leave a Reply