भदौ २४, काभ्रे | तीजको दर खाँदा काभ्रे जिल्लाको पाँचखाल १२, कास्कोटेमा ३५० जना विरामी परेका छन् ।

स्थानीय ग्रामीण स्वावलम्बन बहुउदेश्यीय सहकारी संस्थाले आयोजना गरेको तीज विशेष कार्यक्रममा दर खाएकामध्ये करिव साढे ३ सय जना विरामी परेको डीएसपी दीपक गिरिले जानकारी दिए ।

कार्यक्रममा प्रमुख अतिथि रहेकी प्रदेशसभा सदस्य गोमा भुर्तेल पनि विरामी भएकी छिन् ।

भुर्तेल उनका पति शिव र छोरी पवित्रासहित अन्य केही विरामीलाई शिर मेमोरियल अस्प्ताल बनेपामा भर्ना गरिएको छ ।

रीता पहरी र अमृता खरेलको सघन उपचार कक्ष आईसीयु मा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

अन्य दुई जनाको काठमाडौंस्थित निजामति अस्पतालको आइसीयुमा उपचार भईरहेको छ । – आजको कान्तिपुर दैनिकमा समाचार छ ।

Leave a Reply
You must be logged in to post a comment.