कतारले दिन्छ ३० रियाल, कामदारको हातमा ६ रियाल – Sajha Sabal | sajhasabal.com

कतारले दिन्छ ३० रियाल, कामदारको हातमा ६ रियाल

भदौ २७, काठमाडौँ | कतारमा निर्माण क्षेत्रमा कार्यरत कामदारका लागि प्रतिघण्टा ३० रियाल छुट्याएर पनि उनीहरुको हातमा भने जम्मा ६ रियाल मात्रै पर्ने गरेको छ ।

कतार सरकारका आयोजनामा काम गर्ने कामदारका लागि प्रतिघण्टा ३० रियाल ज्याला छुट्याईएको हो ।

आयोजनाको मुख्य ठेकेदार कम्पनीलाई कामदारको लागि कतार सरकारले यो रकम उपलब्ध गराउँछ । तर, ठेकेदार कम्पनीले भने विभिन्न कामदार सप्लाई कम्पनीबाट कामदार ल्याउँदा ज्याला घटेर ६ रियाल पुग्ने गरेको छ ।

मैले कतारक धेरै उच्च अधिकारीहरुसँग भेट गर्दा प्रतिघण्टा ३० रियालसम्म कामदारका लागि दिएको पाएँ ।

तर कमदारको हातमा भने ६ रियाल मात्रै परिरहेको स्थिति छ, कतारका लागि नपाली राजदुत रेशमप्रसाद कोईरालाले भने ।  कतारले सुरक्षाकर्मीका लागि १२ हजार रियाल झन्डै ३ लाख ८४ हजार रुपैयाँ सम्म भुक्तानी गरेको छ ।

- आजको कान्तिपुर दैनिकमा यो खबर छ ।

Comments

Leave a Reply