2026-09-21 07:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालमा रेल जोड्न चीन आतुर, नेपाली सीमा केरुङसम्म कहिलेसम्म आउला त रेल ?

भदौ २७, काठमाडौँ | काठमाडौंमा चिनियाँ रेल कहिले आइपुग्ला भन्ने चासो बढ्दै गर्दा तिब्बती अधिकारीहरूले केरुङ–काठमाडौं रेल आफ्नो उच्च प्राथमिकतामा परेको बताएका छन् । चीनले केरुङ–काठमाडौं रेलको पहिलो चरणको अध्ययन गरिसकेको छ ।

‘नेपालमा रेल र सडक सञ्जालले जोडेर विकास सहकार्य गर्न हामी आतुर छौं, यसमा काम भइरहेको छ’, जनकंग्रेस तिब्बतको स्थायी समिति उपाध्यक्ष र बाह्य सम्बन्ध एवं विदेश मामिला कार्यालयका सचिव चु चुन्हुयाले भने, ‘नेपाल हाम्रो पुरानो र विश्वासिलो मित्र हो । सीमा जोडिएका हामी सहकार्य गरेर अघि बढ्ने हो ।’

नेपाली सीमा केरुङसम्म कहिलेसम्म आउला त रेल ?

चिनियाँ उच्च अधिकारीसँग यसको स्पष्ट जवाफ नभए पनि उनीहरू काठमाडौं जाने रेलको काम उच्च प्राथमिकतामा रहेको बताउँछन् । अन्नपूर्णसँगको संक्षिप्त कुराकानीमा चुले भने, ‘काम भइरहेको छ, नेपालमा पनि रेल आउँछ ।

ल्हासाको रेल केरुङ पुगेपछि काठमाडौं टाढा हुँदैन । त्यहाँ जोड्ने अध्ययन भइरहेको छ । त्यो निर्माणको चरणमा नै अघि बढ्नेछ ।’

ल्हासाको डाँडोमा रेल गुडाइरहेको चीनले पछिल्लो समय काठमाडौंमा रेल ल्याउनेमा नेपाली जति आशावादी छन्, चिनियाँ अधिकारीहरू पनि त्यतिकै उत्साही सुनिए । उनले थपे, ‘तिब्बत पनि विकासकै चरणमा छ । नेपालमा तिब्बत विकासको अनुभव अपरिहार्य छ । विकासमा सहकार्य गर्न तिब्बत सधैं तयार छ ।’ 

अन्नपुर्ण पोष्टमा समाचार छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो