निर्मला हत्या प्रकरण नयाँ मोडमा ‘प्रहरीले दोषी बचाउन खोजेको पुष्टि’ – Sajha Sabal | sajhasabal.com

निर्मला हत्या प्रकरण नयाँ मोडमा ‘प्रहरीले दोषी बचाउन खोजेको पुष्टि’

भदौ २७, काठमाडौँ | निर्मला पन्तको हत्यारा भनेर प्रहरीले दोषी ठहर्याएका भीमतत्त नगरपालिका ११ का ४१ बर्षीय दिलीपसिंह विष्टको डिएनए रिपोर्ट मेल नखाएपछि घटनाले नयाँ मोड लिएको छ ।

डिएनए रिपोर्ट नलिमेपछि उनी निर्दोष ठहरिएका हुन् ।

निर्मलाको डिएनए प्रोफाईलसँग मेल नखाएपछि दिलीपलाई उनका दाजु खडक विष्टको जिम्मामा मुक्त गरिएको कञ्चनपुरका प्रहरी नायव उपरीक्षक कृष्ण ओझाले बताए ।

ओझाले भने, निर्मलाको पोस्टमार्टकमो डिएनए प्रोफाईलसँग दिलीपको डिएनए प्रोफाईल नमिलेपछि उनलाई दाजुको जिम्मा लगाएर छोडिएको हो ।,

दिली निर्दोष ठहरिएपछि निर्मला हत्याकाण्डले नयाँ मोड लिएको छ ।

प्रहरीले झुठो विवरण प्रस्तुत गरेर दिलीपलाई किन दोषी ठहर गर्न खोज्यो ? अधिकारकर्मी शारदा चन्दा भन्छिन्, दिलीप निर्दोष ठहरीएपछि प्रहरीले दोषी बचाउन खोजेको पुष्टि भएको छ ।

निर्मलाको हत्यारा सुनियोजित थियो र शक्तिशाली दोषी बचाउन कति प्रयास गरियो भन्ने प्रस्ट भईसकेको स्थानीय मञ्जु भट्टले बताई ।

- यो समाचार आजको नागरिक दैनिकमा छ ।

Comments

Leave a Reply