Skip to content
Friday, July 17, 2026 Nepali Online Media

४ नेपाली पाइलटलाई उडानमा रोक, पाइलट अवालेले आजीवन उडान गर्न नपाउने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २, काठमाडौँ | वायुयान र पाइलटहरुको नियमनकारी निकाय नागरिक उड्डयन प्राधिकरणले उडानमा लापरबाही देखिएको कारण जनाउँदै ४ जना नेपाली पाइलटलाई ग्राउन्डेड गरेको छ ।

यीमध्ये नेपाल वायुसेवा निगमको एयरबसका क्याप्टेन सुवर्ण अवालेलाई आजीवन उडानमा रोक लगाउँदै ग्राउन्डेड गरिएको प्राधिकरण स्रोतले बताएको छ ।

क्याप्टेन अवालेलाई प्रहरीले ०७३ चैत्र २७ गते राति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ९३ हजार अमेरिकी डलरसहित पक्राउ गरेको थियो। ‘हवाई उडान जस्तो संवेदनशील काममा सरिक नगराउने गरी रोक लगाइएको छ,’ प्राधिकरणका एक अधिकारीले भने, ‘क्याप्टेन अवालेको घटनामा मन्त्रालयको आदेश अनुसार उनलाई सधैंका लागि ग्राउन्डेड गरिएको हो।’

उनी त्यस रात निगमको एयरबसमा काठमाडौंबाट दुबईको उडान गर्दै थिए। उक्त उडानको कमाण्डर पाइलट अवाले नै थिए।

त्यसैगरी प्राधिकरणले कारबाही स्वरुप ग्राउन्डेड गरेका अन्य तीन पाइलटमा सीता एयरको डोर्नियर विमान उडाउने क्याप्टेन रजनीश मानन्धर, मनाङ एयरका हेलिकप्टर पाइलट हिरा दाहाल र स्रिमिक एयरका हरेराम थापा छन्। यीनलाई भने सदाका लागि ग्राउन्डेड नगरिए पनि उडान सुरक्षामा लापरबाही गरेको अभियोगमा ग्राउन्डेड गरिएको हो।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।