Skip to content
Friday, July 17, 2026 Nepali Online Media

नेकपाको प्रदेश कमिटीमा पूर्वएमाले हावी, पार्टीको मापदण्ड मिचियो

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज ६, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का प्रदेशका २८ पदाधिकारी शुक्रबार टुंगो लागेको छ । पार्टीको मापदण्ड मिचेर नेताहरूले भागबन्डा गरेका छन् ।

नेकपाले विभिन्न सरकारका पदमा रहेकालाई मुख्य जिम्मेवारी नदिने नियमावली बनाए पनि केही मुख्यमन्त्रीसहितलाई पार्टीको कार्यकारी कमिटीको प्रमुख बनाइएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले प्रदेशका इन्चार्ज, सहइन्चार्ज, अध्यक्ष र सचिव टुंगो लगाउँदा मापदण्ड मिचिएको हो । प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहालले १२/१२ र माधवकुमार नेपाल पक्षले ४ पदाधिकारी पाएका छन् । नेकपाको नेतृत्व भागबन्डाका आधारमा चार महिनापछि टुंगो लागेको हो ।

सातवटै प्रदेशमध्ये ओली र नेपाल पक्षका तीन/तीन जना इन्चार्ज छन् भने दाहाल पक्षका एक जना मात्रै छन् । यस हिसाबमा प्रदेशमा पूर्वएमाले हावी भएको समाचार आजको राजधानी दैनिकले छापेको छ ।