Skip to content
Friday, July 17, 2026 Nepali Online Media

‘निर्मला पन्तको हत्यारा १२ बर्ष पछी पनि पत्ता लाग्न सक्छ’ – प्रधानमन्त्री

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज १५, काठमाडौँ | निर्मला पन्तको हत्या प्रकरणमा संलग्नलाई दुई महिनासम्म पक्राउ गर्न नसकेपछि चौतर्फी आलोचना खेपेका प्रधानमन्त्री केपी ओलीले दोषी पत्ता लगाउन १२ वर्ष पनि लाग्न सक्ने प्रतिक्रिया दिएका छन् ।

पन्त प्रकरणले सरकारको मात्रै नभई पार्टीकै छवि धूमिल बनाएको भन्दै आफ्नै पार्टीका शीर्ष नेताहरूबाट आलोचना सुरु भएपछि नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको यस्तो प्रतिक्रिया सार्वजनिक भएको हो । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री ओलीले त्यहाँ रहंदा पत्रकार सूर्य थापासँगको टीभी अन्तर्वार्तामा १२ वर्षअघिका अपराधमा संलग्नहरू अहिले पत्ता लागिरहेको प्रसंग जोड्दै पन्त प्रकरणमा पनि त्यस्तै हुन सक्ने बताएका हुन् ।

कञ्चनपुरकी १३ वर्षीया पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको थियो । अनुसन्धानका लागि सरकारले थुप्रै तहमा टोली खटाए पनि परिणाम निस्कन सकेको छैन । ‘कसैको संलग्नता ढाकछोप गर्ने प्रयासस्वरूप अपराधी पत्ता लगाउन अलमलिएको हुन सक्छ तर सबै ठाउमा पत्ता नलागेको छैन,’ प्रधानमन्त्री ओलीले निर्मलाको बलात्कार र हत्या प्रकरणबारे सोधिएको प्रश्नमा भनेका छन्, ‘अपराधी पत्ता लगाउने कुरामा नेपाल प्रहरी अगाडि नै छ ।

१२ वर्षअगाडिका अपराध अहिले पत्ता लागिरहेका छन् । यस्ता घटना पत्ता लाग्न कहिले–कहिले १२ वर्ष पनि लाग्दो रहेछ ।’ – आजको कान्तिपुर दैनिकमा यो समाचार छ ।