<p>असोज १९, काठमाडौं | श्रम मन्त्रालयले खाडीमा कार्यरत घरलु कामदारलाई पुनः श्रमस्वीकृति नदिदा उनीहरू स्वदेश फर्कन नपाएको भन्दै संसदीय समितिको ध्यानाकर्षण गराएको छ ।<br></p><p>मन्त्रालयले संसद्को उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिका सदस्यलाई बिहीबार जानकारी गराएको हो । खाडीमा कम्तीमा ५० हजार महिला घरलु काममा छन् । ‘अघिल्लो संसद्ले घरलु कामदारलाई श्रमस्वीकृति नदिन निर्देशन दिएपछि रोकिएको छ । बिदामा आएका कामदारसमेत फर्कन पाएनन्,’ श्रममन्त्री गोकर्ण विष्टले भने, ‘यसमाथि समितिले गम्भीर समीक्षा गर्नुपर्छ ।’</p><p>संसदीय समितिले खाडीमा कार्यरत घरलु कामदारको सुरक्षा नभएको भन्दै दुई देशबीच श्रमसम्झौता नभएसम्म घरलु कामदारलाई श्रमस्वीकृति नदिन २०७३ चैत २० गते श्रम मन्त्रालयलाई निर्देशन दिएको थियो । पुनः काममा फर्कन नपाउने भएपछि कम्तीमा ५० हजार महिला स्वदेश आएका छैनन् । – आजको कान्तिपुर दैनिकमा समाचार छ । </p>
