असोज २४, काठमाडौँ | यातायात कार्यालयका कर्मचारीले आर्थिक लेनदेनका आधारमा ट्रायल नै नदिई सवारीचालक अनुमतिपत्र लाईसेन्स विक्री गरेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यस्तो कार्यमा संलग्न उपसचिवसहित १० कर्मचारीविरुद्ध मंगलबार विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ ।

याताया व्यवस्था कार्यालय बागमतीका तत्कालीन प्रमुख तेजनारायण यादवसहितका कर्मचारीविरु मुद्धा दायर भएको हो ।

आयोगका प्रवक्ता रामेश्वर दंगालका अनुसार यादवसहित मेकानिकल इन्जिनियर श्याम केसी, शाखा अधिकृतहरु इश्वरराज रेग्मी, भुपराज दाहाल, शिवप्रसाद सुवेदी र विष्णुप्रसाद सुवेदीलाई प्रतिवादी बनाएको हो ।

- आजको नयाँ पत्रिकामा समाचार छ ।

October 10, 2018
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
ट्रायल नै नदिई सवारीचालक अनुमतिपत्र लाईसेन्स, १० कर्मचारीविरुद्ध मुद्दा
By साझासवाल
2 मिनेट पढाइ