Skip to content
Friday, July 17, 2026 Nepali Online Media

रसिया पठाउने भन्दै ३१ जनासंग ४५ लाख ठगी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असोज २५, काठमाडौं | रसिया लगेर कृषि फार्ममा जागिर लगाईदिने भन्दै ३१ जनालाई ठगी गर्ने तीन जना पक्राउ परेका छन् ।

नेपाल प्रहरीको केन्द्रिय अनुसान्धान ब्युरो (सिआइबी)ले ललितपुरका राजु तामाङ, ज्ञान गोविन्द बैद्य र सिन्धुपाल्चोकका जगत बहादुर श्रेष्ठलाई पक्राउ गरेको समाचार आजको नयाँ पत्रिकाको पृष्ठ ३ मा छापिएको छ ।

उनीहरुले ३१ जनासँग ४५ लाख रुपैयाँ ठगी गरेको सिआइबीले जनाएको छ । पक्राउ परेकामध्ये राजु नाइके हुन् । उनी रसिया बस्दै आएका छन् ।

उनले रसियाको गाजेस्थानमा आफ्नो कृषि फार्म रहेको भन्दै त्यसबाट ८३ वटा डिमान्ड लेटर बनाएका थिए । त्यो नक्कली भएको प्रहरीले जनाएको छ ।