2026-09-20 04:56 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वामदेवको चुनाव लड्ने ‘च्याप्टर क्लोज’

असोज २६, काठमाडौँ | आज प्रकाशित अधिकांश पत्रिकाले नेकपा नेता वामदेव गौतम काठमाडौं ७ को उपनिर्वाचनबाट पछि हटेको समाचार प्राथमिकताका साथ प्रकाशित गरेका छन् । 

कान्तिपुरले पछि हटे गौतम शिर्षकमा पहिलो पृष्ठमा सामाचार छापेको छ। समाचारमा लेखिएको छ, सत्तारूढ नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ मा उपनिर्वाचनमार्फत चुनाव जितेर सांसद बन्ने योजनाबाट तत्कालका लागि पछि हटेका छन् । पार्टीभित्रैको तीव्र विरोध र क्षेत्रका स्थानीय नेता एवं सर्वसाधारणबाट समेत व्यापक आलोचना भएपछि गौतम तत्कालका लागि पछि हटेका हुन् । उनले बिहीबार स्थानीय नेताहरूलाई अब आफू तत्कालका लागि सांसद बन्ने योजनाबाट पछि हटेको सन्देश पठाएका छन् ।

चुनाव लड्न हच्किए गौतम शिर्षकमा नागरिकले पहिलो पृष्ठमा समाचार छापेको छ । समाचारमा लेखिएको छ, नेकपाका नेता वामदेव गौतम काठामडौं ७ बाट निर्वाचन लड्ने निर्णयबाट पछि हटेका छन् । गौतमले काठमाडौं ७ लाई खाली गराएर उपनिर्वाचनमार्फत चुनाव लड्ने निर्णय गरेसँगै पार्टीभित्रै तीव्र असन्तुष्टि भएको थियो । पार्टी नेतृत्वबाटै असहयोगको अवस्था आएपछि गौतम आफ्नो निर्णयबाट पछि हटेको जानकारी उनी निकट नेता भोजविक्रम मगरले दिए ।

काठमाडौं ७ बाट वामदेव नलड्ने शिर्षकमा नेपाल समाचारपत्रले पहिलो पृष्ठमा समाचार छापेको छ। समाचारमा लेखिएको छ, पार्टीभित्र तथा बाहिरबाट चर्को दबाब आएपछि नेकपाका नेता वामदेव गौतम काठमाडौं ७ बाट चुनाव नलड्ने भएका छन् । चौतर्फीरुपमा नेता गौतमको चर्को आलोचनाका कारण उनले आफू कहीँबाट पनि उपचुनावमा सहभागी नहुने घोषणा गरेका छन् । 

हच्किए गौतमशिर्षका अन्नपूर्ण पोस्टले पहिलो पृष्ठमा समाचार छापेको छ । समाचारमा लेखिएको छ, चौतर्फी आलोचना भएपछि वामदेव गौतम उपचुनावमाफर्त संसद्मा छिर्ने योजनाबाट पछि हटेका छन् । पार्टीभित्र र बाहिरबाट आफूमाथि तीब्र आलोचना भएपछि केही शीर्ष नेता र आफू निकट नेतासँगको परामर्शपछि गौतमले सांसद् बन्ने योजनाबाट पछि हट्ने मनस्थितिमा पुगेका हुन् । उनले सम्भवत शुक्रबार विज्ञप्तिमार्फत आफ्ना धारणा सार्वजनिक गर्ने छन् । 

वामदेव फेरी ‘ब्याक’ शिर्षकमा राजधानी दैनिकले पृष्ठ ३ मा समाचार छापेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो