Skip to content
Friday, July 17, 2026 Nepali Online Media

वैदेशिक रोजगारीमा रहेका श्रमिकका लागि पेन्सन र लगानी कोष

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>कात्तिक ७, काठमाडौं |</b> श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीमा रहेका श्रमिकको सामाजिक सुरक्षाका लागि पेन्सन र साना लगानी कोषको व्यवस्था गर्ने गरी तयारी गरेको समाचार आजको कारोबारमा छापिएको छ ।<br></p><p>सरकारले कम आय भएका कामदारलाई ससाना परियोजनामा लगानी गर्ने संयन्त्रको विकास गर्ने गरी श्रमसचिव महेशप्रसाद दाहालको नेतृत्वमा एक अध्ययन कार्यदल समेत गठन गरी काम सुरु गरिसकेको छ ।&nbsp;</p><p>श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले यसका लागि श्रमिकको मासिक ५ सयदेखि १ हजार रुपैयाँभन्दा बढी क्षमताअनुसार रकम जम्मा गर्ने गरी कानुनी हैसियत भएको संयन्त्र निर्माण गर्ने काम भइरहेको बताए ।&nbsp;</p>