Skip to content
Friday, July 17, 2026 Nepali Online Media

खाडी मुलुक पुर्याइदिने भन्दै दिल्लीमा बन्धक बनाइएका २८ नेपाली महिलाको उद्धार

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक ७, नयाँदिल्ली | आकर्षक तलब सुविधासहितको प्रलोभन दिएर खाडी मुलुक पुर्याइदिने भन्दै नयाँदिल्लीमा बन्धक बनाइएका २८ नेपाली युवतीको उद्धार गरिएको छ ।

नयाँदिल्लीको इन्द्रपुरमस्थित अभय खण्डको सिर्जन विहार सोसाइटीको दुईवटा फ्ल्याटमा बन्धक बनाइएका उनीहरुको सोमबार स्थानीय प्रहरीले उद्धार गरेको हो ।

२१ देखि ४५ बर्ष उमेरका ती नेपाली महिलालाई वैदेशिक रोजगारीको गिरोहले आकर्षक तलबसहित विभिन्न प्रलोभन दिएर दिल्ली पुर्याएको स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमले जनाएका छन् ।

बन्धक बन्न पुगेका महिलामध्ये केही यसअघि इराक र ओमनमा काम गरेर फर्केका समेत छन् ।

- आजको कान्तिपुरले पृष्ठ ३ मा समाचार छापेको छ ।