2026-09-20 09:31 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मन्त्रीलाई नटेर्ने सचिव प्रधानमन्त्री कार्यालय तानिए

कात्तिक ८, काठमाडौं | संघीय समाजवादी फोरमले सम्हालेका दुवै मन्त्रालयका सचिव प्रधानमन्त्री कार्यालयमा तानिएका छन् । स्वास्थ्य मन्त्रालयकी सचिव डा पुष्पा चौधरी र सहरी विकास मन्त्रालयका सचिव दीपेन्द्रनाथ शर्मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा तानिएका हुन् ।

मन्त्रिपरिषद् स्रोतका अनुसार स्वास्थ्यमन्त्री उपेन्द्र यादव र सहरी विकास मन्त्री इस्तियाक राईकै आग्रहमा दुवै सचिवलाई सरुवा गरिएको हो । मन्त्रिपरिषद् बैठक नबसी उनीहरूलाई कारबाहीको शैलीमा प्रधानमन्त्री कार्यालयमा तानिएको आरोप लगाइएको छ ।

उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री यादवले सचिव चौधरीलाई हटाउन लामो समयदेखि प्रधानमन्त्रीलाई आग्रह गरेका थिए । आफू पनि मधेसी मूलकै सचिव भएकाले मन्त्रीले हटाउन नसक्ने भन्दै चौधरीले बलमिच्याइँ गरेको यादवनिकट स्रोतले जनाएको छ । आजको राजधानी दैनिकमा समाचार छापिएको छ ।

चौधरीको ठाउँमा स्वास्थ्य मन्त्रालयकै १२औं तहका चिकित्सक सुशीलनाथ प्याकुरेललाई जिम्मेवारी दिइएको छ । सहरी विकास मन्त्रालयको सचिवमा रमेश सिंह सरुवा भएका छन् । नेपाल ट्रष्टको कार्यालयमा सचिव रहेका सिंह सहरी विकास विज्ञ मानिन्छन् । दुवै सचिवले बुधबारदेखि जिम्मेवारी सम्हालेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो