Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कांग्रेसको चियापानमा गृहमन्त्रीलाई नारायणकाजीले ‘जय नेपाल’ भने

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक १७, काठमाडौं | नेपाली कांग्रेसले शुक्रबार सानेपामा आयोजना गरेको चियापानमा सहभागी हुन साढे ३ बजेतिर पुगेका गृहमन्त्री रामबहादुर थापालाई नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जय नेपाल शब्दले स्वागत गरे ।

कार्यक्रमबाट विदा हुनै लागेका बेला गृहमन्त्री थापा पुगेपछि श्रेष्ठले स्वागत गर्ने क्रममा यस्तो सम्बोधन गरेका हुन्  । त्यसलगत्तै श्रेष्ठले पत्रकारहरूसँग भने, यस्ता कार्यक्रमहरूले सहमति, सहकार्य र आपसी एकता मजबुत बनाउँछ।’ चियापानको दृश्य हेर्दा लाग्थ्यो सहमति, सहकार्य र एकताको नारालाई जोडतोडलका साथ उठाउने गरेको कांग्रेस र अन्य शक्तिहरूबीच दह्रै  समहमति र एकता हुँदैछ ।

त्यसपछि नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि दलबीचको एकता र सहकार्यबाट मुलुकमा शन्ति स्थापना भएको, संविधान जारी भएको र मुलुक संघीयतामा प्रवेश गरेको सम्झना गरे।

त्यसपछि बोलेका कांग्रेस सभापति शेरबहादुर देउवाले सहमति र एकताको चाबी सत्तापक्षकै हातमा रहेको भन्दै उसले चाहे सहकार्यको सम्भावना रहेको प्रतिक्रिया दिए ।

-   आजको राजधानी दैनिकले पृष्ठ ३ मा यो समाचार छापेको छ ।