कात्तिक १७, काठमाडौं | नेपाली वायु सेवा प्रदायक कम्पनीले थाइल्यान्डमा सहज उडान भर्न पाउने भएका छन् ।

नेपाल र थाइल्यान्डबीच शुक्रबार भएको हवाई सम्झौतापछि नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने भएका हुन् । दुई देशबीच ४७ वर्षपछि हवाई सम्झौता नवीकरण भएको हो ।

सन् १९७१ मा भएको पुरानो ढाँचाको सम्झौतालाई परिमार्जन गरी नयाँ व्यवस्था कायम गरिएको छ ।

पुराना ढाँचाको हवाई सेवा सम्झौता (एसए) लाई परिमार्जन गर्दै ग्रान्ट अफ राइट्स, कोअपरेटिभ मार्केटिङ एरेन्जमेन्ट, एभिएसन सेक्युरिटी तथा एभिएसन सेफ्टीलगायतका अन्तर्राट्रिय उड्डयन संगठन (आइकाओ) ले निर्देशन गरेको ढाँचा र विषयवस्तु समेटी नयाँ हवाई सम्झौता भएको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।, यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

November 3, 2018
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
अब नेपालका जुनसुकै विमान थाइल्यान्ड जान पाउने
By साझासवाल
2 मिनेट पढाइ