Skip to content
Friday, July 17, 2026 Nepali Online Media

काठमाडौंको धुलोले बच्चा पनि दमका रोगी

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २१, काठमाडौं | सडक विस्तार, मेलम्ची खानेपानी आयोजनाको पाइप बिछ्याउने कार्य र ढल निर्माणका कारण उपत्यकाको कुनै पनि स्थानको सडक सद्दे छैनन् ।

भत्काइएका सडक समयमै मर्मत नगरिनु, समयमै सडक मर्मत र विस्तार कार्य सम्पन्न नहुनु, सवारीसाधनको चाप अत्यधिक हुनु र विशाक्त धुवाँ फ्याक्ने पुराना यातायातका साधन विस्थापन नहुनाले उपत्यकावासी वर्षौंदेखि धुलो र धुवाँबाट आजित छन् ।

धुलोका कारण बच्चादेखि वृद्धवद्धासमेत प्रभावित भएको चिकित्सकहरुको भनाइ छ। ‘अहिले वृद्धवृद्धा र तन्नेरी मात्र होइन, बचचामा पनि दमको समस्या अत्यधिक पाइएको छ,’ छातीरोग विशेषज्ञ दीर्घसिंह बमले भने, ‘धुलोले जनाताको स्वास्थ्यमा यति गम्भीर असर गरेको छ कि यसलाई कसैले गम्भीरतापूर्वक लिएकै छैनन्।’

- आजको नयाँ पत्रिकामा यो समाचार छापिएको छ ।