Skip to content
Friday, July 17, 2026 Nepali Online Media

कर्मचारी समायोजन ऐन ‘कि जाऊ, कि छाड’

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २१, काठमाडौं | कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ ।

समायोजन नरोज्‍न कर्मचारीलाई केन्द्रले प्रदेश  र स्सथानीय तहमा खटाउने संघीय तथा सामान्‍य प्रशासन मन्त्रालयका निमित्त सुचिव शुरेस अधिकारीले जानकारी दिए ।

बाटोको म्‍यादबाहेक ३५ दिनभित्र कर्मचारी समायोजन गरिएको प्रदेश र स्थानीय तहमा हाजिर हुनु पर्नेछ ।

९० दिनभित्र पनि हाजिर नहुने कर्मचारीलाई अवकास दिन सक्‍ने व्यवस्था गरिएको छ । कि पठाएका ठाँउमा जानु पर्‍यो कि छोड्नु पर्‍योू मन्त्रालयका निमित्त सचिव अधिकारीले भने ।

कर्मचारी समायोजनाको लागि कर्मचारीको नाम, थर, ठेगनासहितको सम्पूर्ण विवरण सफ्टवेयर मै तयार पारिने जनाइएको छ ।

- यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।