<p><b>कात्तिक २६, काठमाडौं </b>| तपाई सरकारी वा निजी संस्थामा काम गर्नु हुन्छ ? अनि आमाबाको लालनपालनको दायित्वबाट पन्छिनुभएको त छैन ? अब भने कानुनले नै तपाईलाई जिम्मेवार बनाउँदै छ । <br></p><p>सार्वजनिक पद धारण गरेका व्यक्तिको मासिक आम्दानीको १० प्रतिशत रकम आमाबाबुका लागि छुट्याउनुपर्ने प्रावधानसहितको कानुनको तयारी हुँदै गरेको समाचार आजको अन्नपूर्ण पोष्ट् दैनिकमा गोविन्द लुइँटेलले लेखेका छन् । </p><p>मासिक रुपमा आमाबाको बैकं खाताामा रकम दाखिला गर्नुपर्ने प्रावधान राख्न लागेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सहसचिव वीरबहादुर राईले बताए । </p>
