कात्तिक ३०, दोहा | करिब एक महिनाअघि कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात छ ।

सांस्कृतिक कार्यक्रम गर्दा प्रहरीले कार्यक्रमका अतिथिसमेतलाई पक्रेको थियो । गिरफ्तारीको कारण खुलाईएको छैन ।

घटनाबारे सरकारी नियका पनि मौन देखिएका छन् ।

पक्राउ पर्नेमा एनआरएन मध्युपर्व संयोजक राजेन्द्रकुमार आरके शर्मा तथा लोकदोहोरी गीत प्रतिष्ठान कतार शाखाका शक्ति क्षत्री, रामबाबु बोहरा, रीतकुमार श्रेष्ठ र कृष्ठा ढकाल छन् ।

क्षत्री शाखाका उपाध्याक्षसमेत हुन् ।

अक्टोबर ५ मा नेपाली कलाकारले एउटा कार्यक्रम आयोजना गरेका थिए ।

- आजको अन्नपुर्ण पोष्टमा यो खबर छ ।

कतारमा पक्राउ परेका पाँच नेपालीको अवस्था अज्ञात