देशको पाँच ठाउँमा रेल सम्भाव्यता अभ्ययन गर्न एमओयू हस्ताक्षर, कुन- कुन ठाउँ परे ?

साझासवाल

मङ्सिर २, काठमाडौं ।  सरकारले नेपाल–भारत अन्तरदेशीय क्रस बोर्डर रेल मार्गको सम्भाव्यता अध्ययन गर्न पाँच स्थानमा भारत सरकारसँग समझदारी पत्रमा हस्ताक्षर (एमओयू) गरेको छ ।

सरकारले न्युजलपाइगुडी–काँकडभिट्टा, जोगबनी–विराटनगर, जयनगर–बर्दिबास, नौतनवा–भैरहवा र भारतको नेपालगन्ज रोड–नेपालगन्जमा रेल सम्भाव्यता अध्ययन गर्न एमओयू गरेको हो ।

एमओयू भएका मध्ये न्युजलपाइगुडी–काँकडभिट्टा ४६ किलोमिटर, जोगबनी–विराटनगर १८ किलोमिटर, जयनगर–बर्दिबास ६९ किलोमिटर, नौतनवा–भैरहवा १७ किलोमिटर र नेपालगन्ज रोड–नेपालगन्ज २२ किलोमिटर रहेको रेल विभागले जनाएको छ ।

रेल विभागका प्रवक्ता अमन चित्रकारका अनुसार एमओयू भएका मध्ये जोगबनी–विराटनगर खण्डमा रेल मार्ग निर्माण लगभग सकिन लागेको छ । त्यहाँ छिट्टै रेल सञ्चालन हुने भएको छ ।

यसैगरी, जयनगर–बर्दिबास खण्डको ३४ किलोमिटर रेल मार्ग निर्माण सम्पन्न भइसकेको छ । बाँकी तीनमध्ये नौतुनवा–भैरहवा तथा नेपालगन्ज रोड–नेपालगन्ज खण्डको फाइनल लोकेसन सर्भे गर्ने काम भइरहेको छ । सो सर्भे नेपालले आफ्नै लगानीमा गरिरहेको छ ।

- आजको राजधानीमा खबर छ ।

Leave a Comment

Leave a Reply