२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

मलेसिया जाने तयारीमा रहेका नेपाली युवाहरु निरास

२०७५, १० मंसिर सोमबार ०२:२७

मङ्सिर १०, काठमाडौं | मलेसियासँग श्रम समझदारी एमओयु गर्नुअघि कामदार पठाउन आतुर सरकार एमओयुपछि भने उदासीन देखिएको छ । 

कात्तिक १२ गते कामदारले कल्याणकारी र म्यादी जीवन बिमाबाहेक अन्य शुल्क तिर्न नपर्ने गरी मलेसियासँग एमओयु गरेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय पछिल्ला दिनमा मलेसिया कामदार पठाउने मामिलामा गुपचुप छ । यसबाट मलेसिया जाने तयारीमा रहेका नेपाली युवा निरास भएका छन् । 

एमओयुपछि नेपाल मलेसिया संयुक्त कार्यदल जेडब्लुजीले समेत मलेसियामा रोजगारीका लागि जाने प्रक्रियाबारे टुंगो लगाईसकेको छ । 

जेडब्लुजीमा दुई देशका उच्च अधिकारी सम्मिलित छन् । एमओयु र कार्यादलमा पुरानै प्रक्रियाअनुसार नेपाली कामदार मलेसियापठाउने सहमति भएको छ । 

यो सहमतिपछि जेठ २ गतेदेखि रोकिएको मलेसियाको रोजगारीको ढोका पुनः खुल्ने धेरैको अपेक्षा थियो । 

- यो समाचार आजको कान्तिपुर दैनिकमा छापिएको छ ।  

सम्वन्धित समाचार

मलेसियामा रोजगारको सम्झौता: हात्ती आयो…, फुस्सा ! ठगहरुलाईनै निरन्तरता !!    

अनिल अध्हिकारी | नेपाल र मलेसियाबीच केहि समय अघि भएको श्रम समझदारी (MOU) पछि पनि नेपाली कामदारहरु बैदेशिक रोजगारीका क्रममा मलेसिया जान पाएका छैनन् । यद्यपी पुरानै तरिकाले कामदारहरु मलेसिया लैजानको लागि मलेसिया दुतावास मार्फत नेपाललाई पत्राचार भएको छ ।  

पछिल्लो सम्झौता पछी मलेसियामा नेपालीका लागि रोजगारीको अवसर के हुन्छ भन्ने प्रश्नका बीच उल्टो नेपाल सरकारको निर्णय र सम्झौता बेगर पत्राचार भएपछी र नेपालले मलेसिया दुतावासको पत्राचार अनुसार काम नगर्ने भएपछी नेपाल-मलेसिया कुटनीतिक सम्बन्ध समेत चिस्सिन सक्ने अनुमान गरिएको छ । 

५ अर्वभन्दा बढीका ठगहरुलाईनै निरन्तरता !

मलेसियामा नेपाली कामदार पठाउन रोक्नुको पहिलो कारण हो चर्को शुल्क । कामदारलाई चर्को भार पर्ने गरि बिभिन्न कम्पनी खडा गरि कामदारको ५ अर्बभन्दा बढि ठगी गरेको भन्दै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले गत जेठ २ गते पाँच संस्थालाई खारेजीको घोषणा गर्दै कारवाहीको दायरामा ल्याएका थिए । तर मलेसियाले पठाएको पछिल्लो पत्रले नेपाल सरकारले ठग भनेको संस्थाहरु पुन: ब्युतिने देखिएको छ  । 

नेपालस्थित मलेसिया दूतावासले बुधबार मलेसिया जाने कामदारको अध्यागमन सेक्युरिटी, भिसा प्रक्रिया, बायोमेट्रिक स्वास्थ्य परीक्षण गर्ने संस्थालाई नेपाल र मलेसियाबीच श्रम समझदारी भएपछि केही कुरा बाँकी नरहेको र मलेसियाको सिष्टम अनुसार उही प्रक्रिया रहेको भन्दै तत्कालका लागि कलिङ भिसाका लागि प्रक्रिया बढाउन निर्देशन दिँदै पत्राचार गरेको थियो । त्यसपछी पुन: शुक्रबार दूतावासले परराष्ट्र मन्त्रालयलाई पत्र लेख्दै नेपाल र मलेसियाको समझदारी भएपछि मलेसियाले आफ्नो सिष्टममै काम गर्ने र नेपाली कामदार लिनका लागि तयारीमा रहेको भन्दै पत्राचार गरेको थियो ।

मलेसिया दूतावास मार्फत आएको यस्तो पत्र लगत्तै म्यानपावर व्यवसायीहरुले कलिङ भिसाका लागि मलेसिया खुलेको भन्दै प्रक्रिया थालेका छन् । तर यो बिषयमा मन्त्रालयले खण्डन गर्दै कलिङ भिसा नखुलेको र हल्ला मात्र भएको विज्ञप्ति प्रकाशित गरेको छ । मन्त्रालयले केही दिनमा सबै कुरा टुङ्गिएपछि मलेसिया खुल्ने जनाएको अवस्थामा पत्र अनुसार ५ अर्वभन्दा बढीका ठगहरुलाईनै निरन्तरता दिन्छ कि कुनै नयाँ तरिकाले अघि बढ्छ, हेर्न बाँकी रहेको छ । 

म्यानपावरले निशुल्क पठाउलान् ? 

नेपाल र मलेसियाबीच पछिल्लो सम्झौताले काम गर्न जाने कामदारलाई निश्चित शुल्क मात्र लाग्ने देखिन्छ । कामदारले यस अघि १ लाख भन्दा बढी तिरेर मलेसिया जानुपर्ने अवस्था रहेकोमा सम्झौता पछी जम्मा ५ हजार ८ सयमै मलेसियामा जान पाउने बुझिन्छ तर यही लागतमा म्यानपावरले मलेसिया पठाउन सक्लान् त ? प्रश्नको बिषय बनेको छ ।

यसअघि नेपाली कामदार लिए बापत कुनै शुल्क बुझाउन नपर्ने मलेसिया स्थित कम्पनीहरुले नेपाली कामदार लिनको लागि सम्झौता अनुसार अब म्यानपावर कम्पनीहरुलाई कामदारको आधा महिनाको तलब कमिसन स्वरूप दिनुपर्ने छ । साथै भिषा/टिकट शुल्क पनि कम्पनीले नै दिनुपर्नेछ । मुख्य यिनै बिषयले पनि दुईदेश बीच भएको सम्झौतामाथि प्रश्नहरु उठेका छन् । त्यसमा पनि नेपालका म्यानपावर कम्पनीहरुले सम्झौता अनुसार कामदार पठाउन नसकिने बताउंदै आएका छन् । त्यसो त ३ बर्ष अघि फ्री भिषा-टिकटको निर्णय कार्यानवयन नभएको अवस्थामा म्यानपावरहरुको लागि मलेसियामा निशुल्क कामदार पठाउने बिषय फ्री भिषा-टिकटकै नीतिझैँ खुकुलो हुनसक्ने हो कि भन्ने आशंका छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली