२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

बाँदरका कारण लाखौं रोपनी जग्गा बाझो, बाँदर खेद्न कस्सीए बृद्धबृद्धा

२०७५, १० मंसिर सोमबार ०३:४१

चिसाङ शेर्पा | मंसिर १०, खोटाङ | दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङका पुष्प बहादुर कट्वालको दुईवर्ष यता नौ रोपनी खेतीयोग्य जमिन बाझोमा परिणत भएको छ । यस्तै, दिक्तेल कुडारडाँडाका टंकप्रसाद आचार्यको बारी र खेतगरी पन्ध्र रोपनी जग्गाको पनि हालत उस्तै छ । यसैगरी दिक्तेल १ का दुर्गा खड्काको १५० रोपनी खेतीयोग्य जमिनमा अहिले उतिस मात्रै छ । त्यो पनि कुनै सिधा र हलक्कै बढेको हैन । न त रहरले नै रोपिएको उतिस हो । बाँदरका कारण जमिन बाझो छोडेपछि आफै पलाएको विरुवाहरु आधा भाँचिएर लडिरहेका छन् त, कती अहिले पनि उतिसको नाम मात्रैको छ । काम दिने छैन । बाँदरका कारण जग्गा जमिन माया मार्ने यि त प्रतिनिधि पात्रहरु हुन् ।

जमिन माया मार्नेको अलवा खोटाङमा बाँदरकै कारण बसाईसराई जाने अवस्था समेत आईपरेको छ । दिक्तेल १ का उद्धव प्रसाद आचार्य र दिक्तेल २ का रत्न प्रसाद आचार्य बाँदरकै कारण बसाईसराई जानुपर्ने अवस्था रहेको बताउछन् । उनीहरु भन्छन् ‘चौबिसैं घण्टा बाँदरको ड्युटी गर्न सकिन्न, ड्युटी नगरे बाली माया मार्नुपर्छ अनि के गर्ने ?’ बाँदरका कारण जग्गा बाझो भएको छ । पन्ध्र रोपनी जग्गा बाझो छोड्नु परेको पिडा सुनाउदै दिक्तेलका शिव प्रसाद आचार्य भन्छन् ‘बाँदर नियन्त्रणमा ध्यान नदिने सरकारले जनताको बाझो जमिनको कर लिन पाउँछ ?’ बाँदरका कारण दिक्तेल, बाम्राङ, नुनथला, खाल्ले, लफ्याङ, दोर्पा, नेर्पा, निर्मलीडाँडा, बाँझेच्यानडाँडा, टेम्मा, याम्खाका किसानहरुले अधिकांस जग्गामा खेती गर्न छोडेका छन् । बाह्रैमास लगाईने खेतीमा बाँदरले ज्यादती देखाउन थालेपछि किसानहरु चिन्तामा परेका छन् । 

बाँदर नियन्त्रण गर्न कस्सीए बृद्धबृद्धाहरु

कृषकहरुले वर्षेनी रुपमा लगाउदै आएको अन्नवाली र फलफुल खेती नष्ट गर्ने बाँदरलाई नियन्त्रण गर्न बृद्धबृद्धाहरु कस्सीएका छन् । कृषकहरुको मूल समस्याका रुपमा आईपरेको बाँदरलाई धपाउन/नियन्त्रण गर्न कुनैपनी निकायले चासो नदिंदा बृद्धबृद्धाहरु त्यस कार्यका लागि अगाडी बढेका हुन् ।

बारीभरी खेतीपाती लगाएर भित्र्याउने समयमा साँझ/बिहान नभनी आफ्नो वाली कुरेर बस्दै आएका जेष्ठ नागरिकहरुले हालका लागि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाको १५ वटै वडामा बाँदर नियन्त्रणका लागि प्रचारप्रसार समिति गठन गरेको छ । आईतबार दिक्तेलस्थित हुलाकडाँडा कर्म मन्दिर प्राङ्गणमा जेष्ठ नागरिक जिल्ला संघका बृद्धबृद्धाहरुको बसेको भेलाले ११ सदस्यीय प्रचारप्रसार समिति गठन गरेको संघका अध्यक्ष दुर्गा प्रसाद घिमिरेले जानकारी दिए ।

समितिमा लफ्याङका जेष्ठ नागरिक सन्तोष घिमिरे, उद्धव प्रसाद आचार्य, दुर्गा बहादुर खड्का, कृष्णप्रसाद अधिकारी, खाल्लेका राजकुमार राई, नेर्पाका दुर्गाप्रसाद पराजुली, दिक्तेल २ का देवीप्रसाद खतिवडा, दिक्तेल १ का शिवप्रसाद आचार्य, भीम बहादुर घिमिरे खत्री, रामप्रसाद आचार्य र चिउरीडाँडाका यग्यप्रसाद ढकाल छन् । समितिले गाउँगाउँमा बाँदरले क्षति पु¥याएका किसानहरुलाई खबर गर्ने र आगामी आईतबार दिक्तेलस्थित हेलिप्याडमा बृहत भेलागरी बाँदर नियन्त्रणका लागि समिति गठन गर्नेछ । बाँदरका कारण आजित भएका बृद्धबृद्धाहरुले पहिलो चरणको ८ दिन आ–आफ्नो स्थानमा सबैलाई बाँदर नियन्त्रणका लागि विभिन्न रचनात्मक उपाय खोज्ने छन् । रोजगारी र शिक्षाका लागि छोराछोरी शरह बजार भाँसिने परम्पराले गाउँघरमा बाँदरको गोठाला बृद्धबृद्धा र घरका बुहारीहरुले गर्दै आउनु परेको छ ।

गाउँघरमा बुढाबुढी र बुहारीहरु मात्रै भएकाले बाँदर नियन्त्रण प्रचारप्रसार समितिमा जेष्ठ नागरिकहरु रहेका छन् । जिल्लाको अधिकांस स्थानमा वर्षेनी हजारौं रोपनीमा लगाउदै आएको अन्नवाली तथा फलफुल बाँदरले नष्ट गर्दै आउदा पनि स्थानीय प्रशासन, स्थानीय सरकार र सरोकारवालाहरुले चासो दिएको छैन ।


माथिको तश्वीरमा: बाँदर नियन्त्रण गर्नका लागि छलफल गर्दै बृद्धबृद्धाहरु ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा