पढ्न करिब 1 मिनेट लाग्छ

मङ्सिर १२, काठमाडौँ | सदर चिडियाखानामा अफ्रिकी जन्तु ‘रिङटेल्ड लिमुर’ नयाँ पाहुना थपिएको छ ।

अफ्रिकाको म्याडागास्कर टापु र आसपासका केहि सीमित छिमेकी टापुमा मात्रै पाइने यो जन्तुलाई चिडियाखानाले प्रदर्शनीमा राखेको हो ।

बाँदर प्रजातिको एक जोडी भाले पोथी ‘रिङटेल्ड लिमुर’ लाई विशेष प्रकृतिको खोर निर्माण गरी गत शुक्रबारदेखि चिडियाखानाले प्रदर्शनीमा राखेको हो ।

- यो समाचार आजको नेपाल समाचारपत्रमा छ ।