मङ्सिर १४, दोलखा | जिल्ला प्रहरी प्रमुख डिएसपी बासुदेखि पाठकको मोबाईल फोन सेटमा मंगलबार बिहान १० बजे अपरिचित मोबाईल नम्बरबाट फोन आयो ।

डिएसपीले फोन उठाएपछि उताबाट आवाज आयो, डिएसपी साप नमस्कार । डिएसपीले नमस्कार भन्दै सोधे, को बोल्नु भएको होला ?

उताबाट जबाफ आयो, मेरो नाम तस्विर तामाङ हो । सोमबार दिउँसो ठुलोपातल गाउँमा एउटी महिलाको हत्या गर्ने हुँ म । म उनको श्रीमान हुँ ।

तपाईका पुलिस मेरो पछि लागेका छन् रे । पछि नलाग्नु भन्नुस । मेरो साथमा दुई मिटर नाईलनको डोरी पनि छ ।

तपाईका पुलिसले भेटिहाले भने पासो लगाएर मर्न भनेर डोरी बोकेको हुँ ।

आफ्ना पुलिसलाई फर्काउनुस् सर, म भारत जान चाहन्छु । नभए रुखमा झुन्डिएर आत्महत्या गर्छु ।

फोनमा कुरा गर्दा गर्दै डिएसपी पाठकले आफ्ना बडिगार्डमार्फत प्रहरी अधिकृतहरुलाई उक्त नम्बरको लोकेसन पत्ता लगाउन सँकेत गर्दै ती व्यक्तिलाई सम्झाउने र अझ खुलेर कुरा गराउने कोसिस गर्छन् ।

- यो समाचार आजको नागरिक दैनिकमा छ ।

November 30, 2018
काठमाडौँ - KTM, पत्रपत्रिकाबाट
हत्या गर्ने हुँ म भन्दै डिएसपीलाई फोन: हत्याराले भने ‘तपाईका पुलिसलाई पछि नलाग्नु भन्नुस’
By साझासवाल
3 मिनेट पढाइ