Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

निर्मला हत्या प्रकरण: काठमाडौँबाट एक र महेन्द्रनगरमा तीन पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

मङ्सिर २०, काठमाडौँ | बालिका निर्मला पन्तको सामूहिक बलात्कारपछि हत्या भएको हुन सक्छ, प्रहरीको पछिल्लो अनुसन्धानले यस्तै संकेत गरेको छ ।

यही आशंकामा एक जना काठमाडौँमा र तीन जना महेन्द्रनगरमा गरि चारजना पक्राउ परेका छन् ।

सामूहिक बलात्कार गरेको आशंकामा छिमेकी प्रदीप रावल काठमाडौँ आएपछि पक्राउ परेका हुन् ।

केही युवकले गल्ती आफूहरुले गरेको, तर प्रहरीले अरुलाई दुख दिएको भन्दै आपसमा कुरा गरेको स्थानीयले सुनेका थिए । तिनै कुरा गरेको स्थानीयले न्यायसम्बन्धी सूचना प्रहरीलाई दिएका थिए ।

तर, त्यतिन्जेलसम्म चारैजना भारत गएका थिए । चारैजनाको स्केच बनाउन महानगरीय अपराध महाशाखाबाट एक प्रहरीलाई कञ्चनपुर लगिएको थियो । पिछा गर्दै जाँदा प्रदिपलाई काठमाडौँ र अरुलाई महेन्द्रनगरमा समातिएको प्रहरीले जनाएको छ ।