२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘निर्मलासँग उत्तेजित भएपछि बलात्कार, पछि विशालले पनि बलात्कार गरे’

२०७५, २२ मंसिर शनिबार ०५:०६

मङ्सिर २२, काठमाडौं | निर्मलाको हत्यामा संलग्न अपराधीको निकट पुगेको बताएको नेपाल प्रहरी यतिखेर पर्ख र हेरको अवस्थामा छ । केहि संचार माध्यमले प्रहरी स्रोतको हवाला दिंदै निर्मला हत्या प्रकरणमा छिमेकी प्रदिप रावल र विशाल चौधरीले आफूहरुको संलग्नता रहेको स्वीकारेको उल्लेख गर्दै समाचारहरु दिएका छन् ।

समाचार अनुसार प्रहरीसँगको बयानको क्रममा निर्मला पन्तको बलात्कारपछि हत्या आरोपमा पक्राउ परेका दुई अभियुक्तले अपराध स्वीकार गरेका हुन् ।

सामूहिक बलात्कारपछि निर्मलाको हत्या गरेको उनीहरूले सोधपुछका क्रममा बताएका हुन् । प्रदीप रावल र विशाल चौधरीले अपराध स्वीकार गरेको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) स्रोतले बताएको छ ।

आजको नयाँ पत्रिकामा दैनिकका अनुसार, महेन्द्रनगर–१८ भगतपुरका उनीहरू दुवै साथी हुन् । दुवै जना लागुऔषध सेवन गर्थे । उनीहरूबारे संकलन भएका विभिन्न प्रमाणले निर्मलाको बलात्कार र हत्यामा संलग्नताको बलियो आधार देखाएको अधिकारीहरू बताउँछन् । उनीहरुलाई छुट्टा-छुट्टै राखेर सोधपुछ गर्दा ८० प्रतिशत कुरा मिलेको कारण पनि प्रहरीले घटनामा उनीहरुको संलग्नता रहेको बुझेको छ तर डीएनए रिपोर्ट नआई प्रहरीले केहि सार्वजनिक नगर्ने स्थितिमा छ ।

पक्राउ परेका प्रदीपले निर्मलालाई आफूले पहिले नै चिनेको बताएका छन् । त्यो दिन बाटोमा आफूले निर्मलालाई साइकलको चेन बनाइरहेको अवस्थामा भेटेको र गफ गर्न भन्दै उनलाई कर गरेर खोलापारि लगेको प्रदिप रावलले बताएका छन् । साथी विशाल चौधरी पनि लागुऔषध सेवनका लागि आसपासमै रहेको र आफूले निर्मलालाई लिएर गएको देखेपछि पछि–पछि आएको उनको भनाइ छ । रावलले निर्मलासँग उत्तेजित भएपछि बलात्कार गरेको भनेका छन् र पछि विशालले पनि बलात्कार गरेको कुरा बताएका छन् ।

बलात्कारका क्रममा निर्मलाले प्रतिकार गरेपछि हत्या गरेको दुवैको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
त्यो सभाहलजस्तो छैन, फिल्म हलजस्तो बनाइएको छ: ऐन महर संसदमा निरन्तर माग हुँदा पनि सभामुखले प्रधानमन्त्रीलाई रुलिङ गरेर ल्याउन सक्नुभएको छैन: हर्कराज राई सुनको मूल्य घट्यो, चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभामा आज आर्थिक सर्वेक्षण प्रस्तुत हुँदै वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली