२०८३, १३ जेष्ठ बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘रामले सीतालाई अयोध्या लगेको बाटो अब फोर लेन’

२०७५, २७ मंसिर बिहीबार ०२:४५

मङ्सिर २७, जनकपुर् | भारत, उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले रामजानकी राजमार्गले दुई देशबीच धार्मिक पर्यटनको बाटो खुल्ने बताएका छन् । रामले सीतालाई अयोध्या लैजाँदा प्रयोग गरेको यो बाटोलाई फोरलेन बनाउने काम सुरु भएको उनले जानकारी दिए । 

‘रामले सीतालाई जुन मार्गबाट अयोध्या लिएर गएका थिए, त्यसलाई फोर–लेन बनाउने काम सुरु भएको छ,’ राम–सीता विवाह महोत्सवमा बुधबार जन्ती बनेर जनकपुर आएका आदित्यनाथले भने, ‘त्यसको निर्माणपछि जनकपुरबाट ४ घण्टामै अयोध्या पुगिन्छ ।’

उनले पशुपति–काशी र जनकपुर–अयोध्यालाई जोड्ने योजनाअनुसार काम भइरहेको बताए । ‘रामजानकी राजमार्ग यात्राको सुगमताले मात्र होइन, पर्यटन विकासको सम्वाहक पनि बन्नेछ,’ उनले भने, ‘यसले सबैको जीवनमा खुसियाली ल्याउनेछ ।’यो खबर आजको कान्तिपुर दैनिकमा छ ।

उनले जनकपुर, अयोध्या र बनारसलाई सिस्टर सिटी बनाउने योजना सुनाए । ‘अयोध्या आए, वो जनकपुर जाए । जो जनकपुर आए, वो अयोध्या जाए,’ धार्मिक यात्रा अभियान चलाउनुपर्नेमा जोड दिँदै उनले भने । उनले रामायण सर्किट र जनकपुर–जयनगर रेलमार्गले पनि धार्मिक पर्यटनलाई सहयोग पुग्ने बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगारमा विभिन्न देश पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ प्रतिनिधि सभा बैठक फेरि बस्यो, अवरोध कायमै श्रीमान्को कुटपिटबाट एक महिलाको मृत्यु दुर्गा प्रसाईंलाई साधारण तारेखमा छाड्न आदेश प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूद्वारा अवरोध इजरायलको आक्रमणबाट लेबनानमा १२ जनाको मृत्यु, ३ घाइते काठमाडौँबाट सुर्खेत जाँदै गरेको बस कपिलवस्तुमा दुर्घटना नेपाली सेफ सोसाइटी (NCS) गण्डकी प्रदेश कार्यसमिति गठन सम्पन्न झगडा छुट्याउने क्रममा एक युवकको मृत्यु सुन चाँदीको मूल्यमा गिरावट देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश काठमाडौँ उपत्यकासहित देशका अधिकांश क्षेत्रमा बढ्यो गर्मी संक्रमणकालीन न्यायलाई निष्कर्षमा पुर्‍याउन सरकार पूर्णरुपमा प्रतिबद्ध छ : कानूनमन्त्री गौतम मन्त्रिपरिषदको बैठक सिंहदरबारमा सुरू रास्वपा सभापति लामिछाने जेठ १८ गते भारत भ्रमणमा जाने साताको पहिलो कारोबार दिन नेप्सेमा हरियाली दुर्गा प्रसाईंविरुद्ध पर्सा जिल्ला अदालतमा मुद्दा दायर बसले ठक्कर दिँदा पैदल यात्रीको मृत्यु गणतन्त्र दिवसमा प्रधानमन्त्रीले सम्बोधन नगर्ने स्रोत नखुलेको ४३ हजार अमेरिकी डलरसहित एक युवक पक्राउ